Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

मलद्वार र मुख भित्र लुकाई खैरो हेरोइन ल्याउदै गरेका टिकापुरका एक युवा पक्राउ

User Photo
बिहिबार, पुस १८, २०८१
कैलाली ।

कैलाली स्थित नेपाल भारतको सिमानाका खक्रौला चेकपोस्ट बाट मलद्वार र मुख भित्र लुकाई खैरो हेरोइन ल्याउदै गरेका टिकापुरका एक युवा पक्राउ परेकाछन । इलाका प्रहरी कार्यालय टीकापुरले विहिबार दिउसो करिव ४:३० बजेको समयमा टीकापुर नगरपालिका १ बनगाँउ बस्ने बर्ष २५ को तुलराम घर्तिमगर लाइ शंका लागि खानतलासी गर्दा मलद्वार र मुखमा लुकाएर राखेको २ पोका खैरो हेरोइन १.८०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

सुचना संकलनमा खटिएको प्रहरी टाेलिले खैरो हेरोइन सहित उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरि नायब उपरीक्षक नबिन राजा बुढाथोकीले बताउनुभयो । इन्चार्ज बुढाथोकिले बेरोजगारी, अभिभावकको लापरबाही, आर्थिक प्रलोभन, देखासिकिले गर्दा युवाहरु कुलतमा फस्ने गरेको बताउनुभयो । कमसेकम आफ्नो छोराछोरीहरु अनावश्यक कता जान्छन् किन जान्छन् घरमा समयमै किन पुग्दैनन भनेर मात्रै चासो लिए पनि युवाहरू कुलतमा फस्न बाट जोगिन सक्ने बताउनुभयो ।

यहाँ त कस्तो सम्म छ भने छोराछोरी कुलतको दलदलमा भासिइसकेको हुन्छन् तर अभिभावकहरु मेरो छोराछोरी त्यस्तो थिएन अरुले गर्दा बिग्रीयो फस्यो भनेर आउँदा आफु आश्चर्य चकित भएको बताउनुभयो । जब अभिभावकहरु जिम्मेवार र सचेत हुन्छन तबमात्र लागु औषध नियन्त्रण गर्न सफल हुनसक्ने डियसपि बुढाथोकीको भनाइ थियो ।

यस अघि पनि पटक पटक प्रहरीले टिकापुर क्षेत्र बाट लागुऔषध सहित युवा पक्राउ गरेको थियो ।

# टिकापुर # पक्राउ # लागुऔषध

Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.