Kanoon Post
शुक्रबार, चैत्र १६, २०८०/ March 29, 2024,
शुक्रबार, चैत्र १६, २०८०

Trending :

No tags found.

भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापाको लण्डनमा सालिक बन्‍ने

थापाले विश्वयुद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर भिक्टोरिया क्रस पाएका थिए

काठमाण्डाै ।

भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली कुलवीर थापाको सालिक बन्‍ने भएको छ । बेलायती सेनाका अधिकृतहरुको प्रशिक्षणका लागि प्रख्यात ‘रोयल मिलिट्री एकेडेमी स्यान्डहर्सट’ नजिक अल्डरसटमा सालिक बन्‍ने भएको हो ।

थापाले प्रथम विश्वयुद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बेलायत सरकारको सम्मानित पदक पाएका थिए । सालिकको आकृति पनि भिसी थापाले घाइते सैनिक बोकेको हुनेछ ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीले प्रिन्सेस गार्डेन अल्डरसटमा बनाउन लागिको सालिकका लागि स्थानीय रसमोर बरो काउन्सिलले स्वीकृति दिइसकेको छ । काउन्सिलले जग्गा र सालिक निर्माणपछि रेखदेख गर्ने जिम्मेवारी समेत लिएको छ । कम्युनिटीले काउन्सिललाई सन् २०१५ मै निवेदन दिएको थियो ।

सालिकका लागि हेडक्वार्टर ब्रिगेड अफ गोर्खाज्, दि गोर्खा ब्रिगेड एसोसिएसन र गोर्खा संग्रहालयले पनि अनुमति दिइसकेको गोर्खा मेमोरियल प्रोजेक्टका संयोजक मेजर रिटायर्ड खिम गौचनले जानकारी दिए । यसको अनुमानित लागत एक करोड ८० लाख रुपैयाँ छ । चन्दा संकलनबाटै आउँदो अगष्टसम्म सालिक बनाइने लक्ष्य राखिएको छ । कलाकार यमी गुडम्यानले सालिक निर्माणको जिम्मा लिएकी छन् ।

आइतबार प्रोजेक्टबारे जानकारी दिन आयोजित एक पत्रकार सम्मेलनमा करिब २३ हजार पाउण्डको प्रतिबद्धता आइसकेको छ ।

थापाले भारतीय सेनामा सेवारत रहँदा २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading