Kanoon Post
बिहिबार, बैशाख ६, २०८१/ April 18, 2024,
बिहिबार, बैशाख ६, २०८१

Trending :

No tags found.

यि हुन प्रचण्डमाथि जुत्ता प्रहार गर्ने पुर्व लडाकु रतन तिरुवा

तिरूवा जुम्लाका हुन

काठमाण्डाै ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको खुलेकाेछ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार उनी जुम्ला घर भएका हुन् ।

२२ वर्षीय तिरुवा पूर्व लडाकु हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । तिरुवा कम्युनिष्ट विचारधाराका हुन् । उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन् । उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन् ।

युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading