Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

खेर गइरहेको दूध धूलो बनाएर व्यवस्थापन गर्छौं : मुख्यमन्त्री राई

User Photo
बिहिबार, अशोज १८, २०७५

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको बिहीवार उद्घाटन गर्दै उनले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा किसानको दूध खरीद गरी धूलोे दूध उत्पादनमा स्तरोन्नति कार्य गर्ने जानकारी दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका मुख्यमन्त्री राईले कृषिलाई आधुनिक व्यावसायिक उद्योगको रुपमा विकास गरी रोजगार प्रदान गर्न सरकारले विज्ञसँग परामर्श र छलफल गरिरहेको बताए ।

उनले प्रदेशमा बङ्गुरपालनको प्रचुर सम्भावना रहेको र यसको मासु निर्यातका लागि बजारका रुपमा छिमेकी देश भारतको सिक्किम, अरुणाचल प्रदेश, दार्जलिङ र भूटानमा रहेकाले कृषकलाई आवश्यक प्राविधिक ज्ञान प्रदेश सरकारले प्रदान गर्ने विश्वास दिए । मुख्यमन्त्री राईले प्रदेशमा उत्पादित विभिन्न मासुको बजार व्यवस्थापनका लागि यसै आवभित्र वाताकूलित यातायातको व्यवस्था गरिने जानकारी दिए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवापुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न आधुनिक सीप र प्रविधिको विषयमा ज्ञान दिनुपर्ने बताए । प्रदेशमा माछा, बङ्गुरपालन तथा मसलाजस्ता नगदे बालीको उत्पादन र बजार विस्तारका लागि सरकारले किसानलाई आवश्यक सम्पूर्ण सहयोग र सुविधा उपलब्ध गराउने उनले बताए ।

प्रदेशका मुख्य सचिव केदार न्यौपानेले प्रदेशको कृषि उत्पादन वृद्धि गर्न सरकारले ज्ञान केन्द्र र कृषिविज्ञ टोलीको गठन गरी आवश्यक छलफल शुरु गरेको जानकारी दिए । सो कार्यालयले प्रदेशका १४ जिल्लामा पशुपक्षी तथा मत्स्य उत्पादन वृद्धिका लागि अनुगमन, निरीक्षण र स्थलगतरुपमा प्राविधिक सहयोग कृषकलाई उपलब्ध गराउने छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.