Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

निगमलार्इ १५ दिनमा १ अर्ब ३३ करोड ६१ लाख नाफा, खरिद दर भन्दा बजार मुल्य निकै बढी

User Photo
बुधबार, पुस २५, २०७५

काठमाडौं । नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय ८ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ ।

उपभोक्ता मूल्य थोरै मात्र घटाएकै कारण निगमले १५ दिनमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्ने भएको हो । १५ दिनमा यति धेरै नाफा कमाउने आयल निगम मुलुककै एक्लो संस्था हो ।

आयल निगमले तेल खरिद गर्ने दर घटेको अनुपातमा नेपाली बजारको मूल्य भने निकै कम घटाइएको छ । आइओसीले १५ कात्तिकमा पेट्रोल ६७ रुपैयाँ ९३ पैसा प्रतिलिटरमा निगमलाई बिक्री गरेको थियो ।

त्यसको दुई महिनापछि १७ कात्तिकमा पेट्रोल प्रतिलिटर २१।७४ रुपैयाँ घटाएर ४६.१८ रुपैयाँमा दिएको छ । डिजेल ७२.८० रुपैयाँबाट १८ रुपैयाँ घटाई ५४।७५ रुपैयाँ प्रतिलिरटमा दिएको छ । मट्टीतेल प्रतिलिटर ७७.१२ रुपैयाँबाट १९.८४ घटाई ५७.२८ रुपैयाँमा दिएको छ ।

तर, निगमले यसबीचमा नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा तीनपटक गरी ६–६ रुपैयाँ मात्र घटाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.