मास्क उत्पादन

मास्क अभाव भएपछि नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने तयारी

मास्क उत्पादन गर्न ८ रुपैयाँसम्म लाग्न सक्ने

मास्क अभाव भएपछि केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । त्यसका लागि दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो । त्यसमा सरकारले पनि सहजीकरण गर्नेछ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मास्क उत्पादन गर्ने योजना तयार भइसकेको र अभाव टार्ने गरी मास्क उत्पादन गर्न सुरु गर्ने तयारी भएको जानकारी दिए । केही दिनअघि सरकारसँग भएको छलफलमा सरकारले सघाएमा मास्क उत्पादन गर्न सकिने प्रतिवद्धता निजी क्षेत्रले जनाएको थियो ।

त्यसलाई पुष्टि गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा भनेका थिए, ‘अहिले व्यवसायी साथीहरुको टिम मास्क उत्पादनको पूर्वतयारीमा हुनुहुन्छ । आवश्यक अध्ययनसहित कागजपत्र तयार गरेर काम अघि बढाइँदैछ ।’

चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठकाअनुसार कति क्षमताको कस्तो उद्योग स्थापना गर्ने भन्ने विषय छलफलमै छ । शुक्रबारसम्म यो विषय टुंगो लगाइने उनले बताए ।

तर अहिले भारतमा नै मास्क उत्पादनका लागि चाहिने कच्चा पदार्थ महंगो भएको छ । त्यसैले एउटा मास्क उत्पादन गर्न ८ रुपैयाँसम्म लाग्न सक्ने देखिएको छ ।

सरकारले भन्सारलगायतका छुट प्रदान गरेमा सुलभ मूल्यमै नेपाली उपभोक्तालाई मास्क प्रदान गर्न सकिने बताए । शुक्रबार नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि मास्क र स्यानिटरी आइटममा तत्कालका लागि भन्सार मिनाहा गर्न आग्रह गर्दै अर्थ मन्त्रालय पत्र लेख्ने निर्णय गरेको छ ।

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View all articles by
शुक्र, फाल्गुन २३, २०७६ (March 6, 2020, 2:43 pm) मा द्वारा अर्थ / बाणिज्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिकृया दिनुहोस

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

धेरै कमेन्ट गरिएका

  1. २१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियन : 2 प्रतिक्रिया
  2. पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्यारा : 2 प्रतिक्रिया
  3. जन्मदिनको अवसरमा पत्रकार शाहि द्वारा सहारा घरमा बसिरहेकालाई लुगा वितरण : 1 प्रतिक्रिया
  4. ब्याटिङ कमजोर हुदा नेपालकाे लगातार दोस्रो हार : 1 प्रतिक्रिया
  5. कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द : 1 प्रतिक्रिया

ट्रेन्डिङ

  1. संकटमा पनि सेवा गर्नु निजि अस्पतालको दायित्व- लिला बिष्ट (संचालक लालरत्न अस्पताल)
    1. अन्तराष्ट्रीय मोहन्याल युवा समाज द्वारा मोहन्याल गाउपालिकामा १,७०० थान माक्स बितरण
      1. बेल्जियमबाट आएकी बागलुङकी एक युवतीमा कोरोना संक्रमण पुष्टि
        1. नेपालमा काेराेना संक्रमित संख्या ४ पुग्याे, धनगढीमा एक जना संक्रमित भएकाे पुष्टी
          1. नेपालमा भेटिए छैटौं कोरोना संक्रमित

          भिडियाे

          थप

          ‘पोई पर्यो काले’ अब युटुबमा, दर्शक खुशी

          सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाकाे स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ (अडियाे)

          ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

          ‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज

          सय यात्रु बोकेको विमान दुर्घटना, १४ जनाकाे मृत्यु