लापर्वाही

राहदानी विभागको गम्भीर लापर्वाहीले सरकारकाे डेढ करोड नाेक्सान

कम्पनीकाे हित हुने गरी सम्झौता

सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र आह्वान गरेको छ । तर, यसअघि सोही राहदानी छपाइमा गम्भीर लापर्बाही हुँदा सरकारले डेढ करोड रुपैयाँ गुमाउनुपरेको छ ।

नेपाललाई मेसिन रिडएबल पासपोर्ट (एमआरपी) उपलब्ध गराउने फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजीको हित हुनेगरी सम्झौताविपरीत निर्णय गर्दा सरकारले नोक्सानी बेहोर्नुपरेको हो । २७ अगस्ट २०१० मा फ्रान्सेली कम्पनी ओबर्थरसँग ४५ लाख थान खाली एमआरपी आपूर्ति र पर्सनलाइजेसन गर्ने सम्झौता भएको थियो ।

सम्झौताअनुसार आपूर्तिकर्ताको तर्फबाट त्रुटि भए बिग्रिएका पासपोर्ट आपूर्तिकताले शोधभर्ना गर्नुपर्ने व्यवस्था छ । तर, विभागले सो कम्पनीको लापर्बाहीका कारण बिग्रेको राहदानीको शोधभर्ना नगरी उनीहरूलाई दिनुपर्ने रकम कट्टी गरेको पाइएको छ ।

६२ हजार पासपोर्ट बिगार्ने कम्पनीलाई दोस्रोपटक पुनः सम्झौता गर्दा राज्यलाई करोडौं घाटा

फ्रान्सेली कम्पनी ओबर्थरसँग भएको सम्झौतामा पहिलोपटक सो कम्पनीको लापर्बाहीले ६२ हजार पासपोर्ट बिग्रिए । बिग्रिएको पासपोर्टको विभागले शोधभर्ना नगरी रकम कट्टा गर्दा नेपालले घाटा व्यहोर्नुप¥यो । ४५ लाख पासपोर्ट आपूर्ति गर्दा ६२ हजार पासपोर्ट बिग्रेका थिए ।

सम्झौतामा प्रतिपासपोर्ट ३.४१ अमेरिकी डलर (करसमेत) ओर्बथरलाई बुझाउनुपर्ने उल्लेख छ । तर, विभागले बिग्रिएका पासपोर्ट आपूर्तिकर्तालाई शोधभर्ना नगराई प्रतिपासपोर्ट ३.४१ अमेरिकी डलरले हुने २ लाख १२ हजार ७ सय ८४ अमेरिकी डलर कटाई भुक्तानी गरेको छ । राजधानी दैनिकमा खबर छ ।

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View all articles by
आइत, फाल्गुन २५, २०७६ (March 8, 2020, 8:13 am) मा द्वारा अर्थ / बाणिज्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिकृया दिनुहोस

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

धेरै कमेन्ट गरिएका

  1. २१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियन : 2 प्रतिक्रिया
  2. पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्यारा : 2 प्रतिक्रिया
  3. जन्मदिनको अवसरमा पत्रकार शाहि द्वारा सहारा घरमा बसिरहेकालाई लुगा वितरण : 1 प्रतिक्रिया
  4. ब्याटिङ कमजोर हुदा नेपालकाे लगातार दोस्रो हार : 1 प्रतिक्रिया
  5. कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द : 1 प्रतिक्रिया

ट्रेन्डिङ

  1. संकटमा पनि सेवा गर्नु निजि अस्पतालको दायित्व- लिला बिष्ट (संचालक लालरत्न अस्पताल)
    1. अन्तराष्ट्रीय मोहन्याल युवा समाज द्वारा मोहन्याल गाउपालिकामा १,७०० थान माक्स बितरण
      1. बेल्जियमबाट आएकी बागलुङकी एक युवतीमा कोरोना संक्रमण पुष्टि
        1. नेपालमा काेराेना संक्रमित संख्या ४ पुग्याे, धनगढीमा एक जना संक्रमित भएकाे पुष्टी
          1. नेपालमा भेटिए छैटौं कोरोना संक्रमित

          भिडियाे

          थप

          ‘पोई पर्यो काले’ अब युटुबमा, दर्शक खुशी

          सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाकाे स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ (अडियाे)

          ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

          ‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज

          सय यात्रु बोकेको विमान दुर्घटना, १४ जनाकाे मृत्यु