Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

प्रधानमन्त्रीले नै निर्मलाको हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुको अर्थ के हो ?

User Photo
बुधबार, अशोज १७, २०७५

निर्मला पन्तको हत्याको छानबिनमा सरकारको उदासिनका कारण सदनमा चर्को आलोचना भएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बताउनुभएको छ ।

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रमलाई सम्बोधन गर्न बुधबार महेन्द्रनगर पुग्नुभएका मिश्रले निर्मलाको परिवारसँग भेटघाटका क्रममा निर्मला पन्तको हत्याको छानबिनमा सरकारले चासो नदेखाएको बताउनुभएको हो ।

घटनाको पछिल्लो अवस्थाका बारेमा परिवारसँग जानकारी लिएपछि संयोजक मिश्रले निर्मलाको न्यायका लागि सिंगो देश नै लागेको बताउनुभयो । उहाँले सत्य र न्यायको लडाईँमा कमजोर बन्न नहुने भन्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

‘निर्मलाको न्यायका लागि सिंगो देश नै लागेको छ’,  मिश्रले भन्नुभयो ‘त्यसैले नै अहिले संसददेखि सडकसम्म सरकारको आलोचना भएको छ ।’

मिश्रलाई घटनाका बारेमा बताउँदै गर्दा निर्मलाका बुबाको गला अवरुद्ध भयो । उहाँले आँसु थाम्न सक्नुभएन ।

‘हामीले पैसा, नोकरी वा अन्य कुनै भौतिक कुरा मागेका छैनौँ’ निर्मलाका बुवाले भन्नुभयो, ‘सरकारसँग छोरीको हत्यारा पत्ता लगाउन भनेका छाँ । छोरीको न्याय मागेका छौँ ।’

घटनाको लामो समय बितिसक्दा पनि अहिलेसम्म न्याय नमिल्नु दुखद् भएको बताउँदै मिश्रले परिवारलाई धैर्य गर्न आग्रह गर्नुभयो ।

‘निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्न सक्छ भन्नुको अर्थ के हो ?’, प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै मिश्रले भन्नुभयो ‘अनुसन्धानका लागि १२ वर्ष होइन २४ वर्ष नै लाग्ला । तर, देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति कत्तिको जायज हो ?’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.