Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

युवा अवस्थामै हर्टअट्याक हुने प्रमुख कारण

User Photo
शुक्रबार, भदौ २९, २०७५

धेरैलाई थाहा छ, चुरोट सूर्तिको सेवन हानीकारक छ । अध्ययनहरुले के देखाएका छन् भने दम र फोक्सोको क्यान्सर गराउँछ भन्ने केहीलाई थाहा छ । तर, त्यसबाहेकका अन्य असरका बारेमा भने चाहिँ एकदमै थोरैलाई थाहा छ । धेरैलाई चुरोटको सेवन मुटुका लागि पनि असाध्यै जोखिमपूर्ण छ भन्ने जानकारी नै छैन । क्यान्सर र फोक्सोको रोग हुन लामो समय खानुप¥यो तर हर्टअट्याक हुन लामो समय खान जरुरी छैन।

संसारमा सबभन्दा बढी मान्छेको मृत्यु हर्टअट्याक, क्यान्सर र मष्तिष्क घातबाट हुन्छ । यी तिनटै रोगको सबभन्दा ठूलो एउटा कारण धुमपान हो । यसैगरी महिलो गर्भ खेर जानेदेखि बाँझोपन निम्त्याउनेसम्म असर गर्छ चुरोटको सेवनले । किनभने यो सिधा फोक्सोमा जाने र यसका खराब तत्वको फोक्सोबाट रक्तनली हुँदै शरीरभरि फैलिने गर्छन् ।

मुटुमा यसको असर धेरै छ । तर, एकदमै कमैलाई थाहा छ कि एक दुई पल्ट मात्रै चुरोट लिँदा पनि हर्टअट्याकको जोखिम उच्च छ भन्ने । कसरी चुरोटले निम्त्याउँछ त हर्ट अट्याकको जोखिम ?

यसको प्रक्रिया छ । चुरोटको धुवाँबाट फोक्सोमा पुग्ने खराब रसायन फोक्सो हुँदै रक्तनलीमा पुग्छ। यो मुटुको रक्तनलीमा पुग्दा यसको (आर्टरी)को भित्तामा टाँसिन्छ । जसले आर्टरीको भित्ता अर्थात् इपिथलियमलाई ड्यामेज गर्छ । जसले रगतको प्रवाहमा समस्या ल्याउँछ ।

यसैगरी चुरोटको यो रसायनले हामीलाई आवश्यक राम्रो कोलेस्टेरोल बिगारेर नराम्रोमा परिवर्तन गर्छ । यसैगरी मुटुका रक्तनलीको भित्तामा हुने तत्वलाई पगालेर बगाउन पनि यसले सघाउँछ । त्यसपछि नयाँ तह बन्छ, जसले रक्तप्रवाहलाई छेक्दै जान्छ त्यसपछि हर्टअट्याक हुन्छ।

अध्ययन अनुसार ४० वर्ष भन्दा कम उमेरका लागि हर्टअट्याक हुने पहिलो कारण चुरोटको सेवन हो । त्यसपछि कोलेस्टेरोल हो । त्यसपछि मात्रै हर्टअट्याक हुने जेनटिक कारण हुन्छन्।

जसले चुरोट खाइरहेको छ, प्रत्येक चुरोटसँगै आर्टरीमा खराब तत्व जम्ने क्रम बढिरहेको हुन्छ । सबभन्दा डर लाग्दो कुरा के हो भने चुरोटका कारण हुने हर्टअट्याक ५० प्रतिशत भन्दा कम ब्लकेजमै हुन्छ । अन्य कारणले हर्ट अट्याक हुन ८० देखि ९० प्रतिशत मुटुकोे रक्तनलीमा ब्लक हुनुपर्छ । त्यसैले चुरोट सेवन मुटुका लागि असाध्यै जोखिमयुक्त छ।

त्यसैले हरेकलाई भन्ने गरेको छु, चुरोट खाने बेला आफ्नो घर परिवार याद गर्नुहोस्। जब चुरोटका कारण तपाईं हस्पिटल पुग्नुहुन्छ। तपाईंको परिवारको हालत के होला ? तपाईं आफ्नो ज्यान त यसैपनि जोखिममा छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.