Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

थाइराइडका बिरामीले खानै पर्ने खानेकुरा

User Photo
मङ्लबार, अशोज ९, २०७५

थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । त्यसकारण यसको सुधारका लागि घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत् महसुस गर्न सकिन्छ । तर कसैको अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्छ ।

१. थाइराइडलाई नियन्त्रण गर्न दैनिक दुधमा बेसार पकाएर खाने गर्नुपर्छ । बेसार हालेको दुध यसका लागि धेरै प्रभावकारी हुन्छ ।

२. दैनिक खालि पेटमा लौकाको जुस पिउने गर्दा पनि थाइराइडबाट टाढा रहन सकिन्छ । यो जुस पिएपछि आधा घण्टासम्म अरु केही नखाइ बस्नुपर्छ ।

३. दुई चम्चा तुलसीको रसमा आधा चम्चा घिउकुमारीको रस मिसाएर खाने गर्दा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. थाइराइडबाट मुक्त हुने अर्को तरिका भनेको प्याजको मजास हो । प्याजलाई बीचबाट काटेर दुई टुक्रा पार्ने अनि सुत्नुअघि थाइरोइड ग्रन्थिको वरिपरि त्यसले मजास गर्ने । यसरी प्याजको रस नधोइकन राखिरहने हो भने पनि यसबाट धेरै राहत पाउन सकिन्छ ।

५. थाइराइडको उपचारका लागि मरिच पनि धेरै फाइदाजनक मानिन्छ । कुनैपनि तरिकाले दैनिक मरिच सेवन गर्ने गर्दा धेरै लाभ पाउन सकिन्छ ।

६. बदाम र ओखरमा पाइने सेलेनियम नामक तत्व थाइरोइडको उपचारका लागि धेरै उपयोगी मानिन्छन् । अझ हाइपोथाइरोइड ९थाइराइड हर्मोन वृद्धि हुनु० का लागि यो उपाय सबैभन्दा बढी प्रभावकारी साबित हुने गर्छ ।

७. कागतीको पत्ता नियमित सेवन गर्ने गर्दा थाइरोक्सिन अत्याधिक मात्रामा बन्न पाउँदैन । त्यसकारण यसलाई दैनिक चियामा राखेर सेवन गर्दा धेरै राहत गराउँछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.