Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

अाजकाे राशिफल- वि.सं. २०७५ साल भदौ ७ गते (अगस्ट २३ तारिख), बिहीबार

User Photo
बिहिबार, भदौ ७, २०७५

वि.सं. २०७५ साल भदौ ७ गते, बिहीबार। इश्वी सन् २०१८ अगस्ट २३ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– द्वादशी, १०:२५ बजेउप्रान्त त्रयोदशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। सहयोगीहरूले पनि हिम्मत दिलाउनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मध्याह्नदेखि विशेष अवसर र चुनौती एकसाथ देखा पर्नेछन्। तापनि, मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनको साथले मन उत्साहित हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर जुट्नेछ। गुरुजनसँग मित्रता बढ्नेछ। मध्याह्नदेखि केही चुनौतीहरू देखा पर्नेछन्। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। तापनि लगनशीलताले फाइदा दिलाउनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। सोख र आलस्यका बीच काम प्रभावित हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ। हतारको निर्णयले काम बिग्रन सक्छ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। शुभचिन्तकहरूले काममा साथ दिनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मध्याह्नदेखि समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले अलि सताउनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरु हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- व्यवसायमा लगानी बढाउने समय छ। परिस्थितिले आकस्मिक खर्च गराउनेछ। सरसापट वा कर्जा लिएर पनि धन खर्च गर्नुपर्ला। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पारिवारिक जमघटले मन आनन्दित हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्च हुन सक्छ।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.