Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

अाजकाे राशिफल- वि.सं. २०७५ साल भदौ ११ गते (अगस्ट २७ तारिख), सोमबार

User Photo
सोमवार, भदौ ११, २०७५

वि.सं. २०७५ साल भदौ ११ गते, सोमबार। इश्वी सन् २०१८ अगस्ट २७ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:५० बजेउप्रान्त द्वितीया।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भोगविलासमा खर्च बढ्ने सम्भावना छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या दर्साउँदा सहयोगी भने फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मन्दी आउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। सोखले खर्चको मात्रा बढाउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ। तापनि द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ गर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन्। मान्यजनको साथ जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। परिस्थितिले खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- हल्लाको पछि लाग्दा काममा केही अलमल भए पनि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले चिताएका काममा सफलता मिल्नेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। मिहिनेतले आम्दानी बढाउनेछ। दिन उत्साहवर्द्धक रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.