Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

आजको राशिफल (Today’s Horoscope) – चैत्र १३ बुधबार

User Photo
बुधबार, चैत्र १३, २०७५

वि.सं. २०७५ साल चैत १३ गते, बुधबार। इश्वी सन् २०१९ मार्च २७ तारिख। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– सप्तमी, २४:४७ बजेउप्रान्त अष्टमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- चुनौतीपूर्ण कामको जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थिति देखिए पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ। दिउँसोदेखि अध्यात्म र परोपकारमा मन जानेछ। आत्मविश्वास र लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। दिगो काममा जग बसाउने मौका छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- काममा चुनौती देखिए पनि व्यापार–व्यवसायमा लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि सानातिना समस्यामा अलमलिनुपर्ने हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूर्ण नहुन सक्छ। तापनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। कमजोर नतिजा सच्याउन प्रयत्न दोहोर्याउनुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट सजग रहनुहोला। दिउँसोदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। दिउँसोदेखि परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। प्रतिस्पर्धीले आफ्नो ठाउँ लिने चेष्टा गर्नेछन्। तापनि भौतिक साधन जुटाउन सकिनेछ। मिहिनेत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले फाइदा हुनेछ।दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- अवसर प्राप्त भए पनि ठूलाको वचन हार्न नसक्दा दुःख पाइनेछ। बोलीको प्रभावले वादविवाद निम्त्याउने देखिएकाले सजग रहनुपर्ला। दिउँसोदेखि आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। तर परिस्थितिवश आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। तापनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान पनि दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि परिस्थितिको चक्रमा अलमलिनुपर्ला। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ, सजग रहनुहोला।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.