Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

युएईमा आममाफी लागू, नेपाली दूतावासले भन्यो– सक्दो उपयोग गर्नुहोस्

User Photo
बुधबार, साउन १६, २०७५

युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् । यो अवसरको फाइदा लिन युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना नागरिकहरुलाई सुचित गरेका छन् ।

नेपाली दूताबास अबुधाबीले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरु लाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै अवैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।

युएईले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई अगस्ट १ देखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएपछि नेपाली दूतावासले पनि यो सुविधाको फाइदा लिन नेपालीहरुलाई आग्रह गरेको हो ।

कार्यवाहक राजदूत सागरप्रसाद फुँयालका अनुसार भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् ।

नेपाली दूताबासले आम माफीको सक्दो उपयोग गर्न युएईमा रहेका नेपालीलाई आग्रह गरेको छ । र, यसका लागि दूताबासको सम्पर्कमा आउन अवैधरुपमा बसिरहेका नेपालीलाई आग्रह गरिएको छ

विनाकुनै जरिवाना वा जेल सजायँ युएई छोडेर जान सकिने वा नयाँ स्पोन्सर र काम खोजेर आफ्नो कानुनी अवस्था वैधानिक बनाउन सकिने भएका कारण यो सुनौलो मौकाको उपयोग गर्न दूतावासका श्रम सहचरी मोतिलाल भुसालले सुझाएका छन् ।

आममाफीकोे प्रक्रियाअनुसार अवैधानिक तवरले युएई प्रवेश गरेकाहरुको हकमा उनीहरू युएई विना कुनै जरिवाना र विना जेलसजायँ स्वदेश फर्कन सक्छन् । तर, उनीहरुलाई २ वर्ष युएई आउन प्रतिबन्ध लाग्नेछ । यद्यपि आजिवन प्रतिबन्ध कसैलाई लाग्ने छैन ।

यसभन्दा अघि ब्ल्याकलिस्टमा परेका तथा कुनै कानुनी मुद्दा भएको खन्डमा एम्नेस्टीको सुविधा पाइने छैन । तर कम्पनिबाट फरार भएको मुद्दा परेकाहरुको हकमा इम्मिग्रेसनले त्यस्ता फरार मुद्दाहरु हटाइ विना कुनै प्रतिबन्ध युएईबाट बाहिर जान दिने प्रावधान रहेको छ ।

आफ्नो स्थिती वैधानिक बनाएर काम गर्न चहानेहरुले युएईको मानव संशाधन तथा इमिरिटाइजेसन मन्त्रालयको भर्च्युल जब मार्केट वेबसाइटमा आफुलाइ रजिस्टर गर्न सक्नेछन र आफ्नो अवस्था बैधानिक गरिसकेकाहरुलाई उपयुक्त काम खोज्न ६ महिनासम्मको अस्थायी भिसा प्रदान गर्न सकिने प्रावधान समेत रहेको छ ।

घर फर्कन चाहने अवैधानिक कामदारहरुले नजिकको इम्मिग्रेसन कार्यालयमा आफ्नो राहदानी वा ट्राभल डकुमेन्ट, प्लेन टिकट र २२० दिरहम दस्तुर सहित “एक्सिट परमिट“ को लागि आवेदन दिन सक्नेछन । एक्जिट परमिट प्राप्त गरेको १० दिन भित्र युएई छोडिसकेको हुनु पर्नेछ ।

आफ्नो अवस्था वैधानिक बनाउन चहानेहरुले ५०० दिरहम दस्तुर सहित आवेदन दिनुपर्नेछ ।

युएईमा अबैधानिकरुपमा बसिरहेका नेपालीले अब सहजै स्वदेश फर्कन पाउनेछन् । नेपाल फर्केपछि उनीहरु २ वर्षसम्म युएई फर्कन पाउने छैनन् । तर, उनीहरुमाथि आजीवन प्रतिबन्ध भने लाग्ने छैन

एम्नेस्टी आवेदन आफुसंग राहदानी नभएकाहरुले समेत दिन पाउनेछन । युएई भरी ९ वटा एम्नेस्टी केन्द्रहरु इम्मिग्रेसन कार्यालयहरुमा खोलिएका छन स जुन बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्ला रहनेछन । आफै इम्मिग्रेसनमा उपस्थित हुन नसक्नेहरुको हकमा उनीहरुको मेडिकल रिपोर्ट वा सम्बन्धित दुतावासको पत्रका आधारमा एक्जिट परमिट दिन सकिने प्रावधान समेत रहेको छ ।

अध्यागमन विभागबाट यात्रा अनुमति र दूताबासबाट आउटपास लिएर नेपालफर्कन सक्ने कार्यवाहक राजदूत फुँयालले जानकारी दिएका छन्यदि उक्त समयमा कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरी पुनः अस्थायी भिसामा बस्न पाइने छ। स्वदेश फर्किन चाहेमा युएईले नो इन्ट्री छाप बिनै स्वदेश फर्कने अवसर दिने, ४८ घण्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्ने बताइएको छ ।

राहदानी नभएका नेपालीको हकमा दूताबासमार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूताबासले जनाएको छ । दूताबासले परराष्ट्र मन्त्रालय वा राहदानी विभागको समन्वयमा यहीबाट शिघ्रातिशिघ्र राहदानी उपल्बध गराउने प्रक्रिया शुरु गरेको कार्यवाहक राजदूत फुँयालले बताएका छन्।

आममाफीको सुविधा साउन १६ देखि कातिक १४ सम्म रहेका कारण यो तीन महिनाको अवधिलाई सदुपयोग गर्न नेपाली दूतावास अबुधाबीले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.