Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

स्पेनिस डिफेण्डर जेरार्ड पिकेले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

User Photo
आइतवार, साउन २७, २०७५

काठमाडौं । स्पेनिस डिफेण्डर जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

३१ वर्षीय पिकेले स्पेनबाट १०२ खेल खेले, जसका क्रममा पाँच गोल समेत गरेका छन् । स्पेनले २०१० मा पहिलो पटक विश्वकप जित्दा उनी पनि टिममा थिए । त्यस्तै २०१२ मा युरो कप जित्दा पनि पिके स्पेनिस टिमका महत्वपूर्ण सदस्य थिए ।

बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका डिफेण्डर पिके क्याटलान स्वतन्त्रताको पक्षमा लागेको भन्दै बेलाबेला आलोचित पनि हुने गरेका छन् ।

स्पेन रुस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिए लगतै अन्तराष्ट्रिय फुटबल छोड्ने निर्णय लिएका थिए । तर, बाहिर सार्वजनिक गरेका थिएनन् ।

हालै मात्र स्पेनका नवनियुक्त प्रशिक्षक लुइस इनरिकेलाई भेटेर अन्तराष्ट्रिय फुटबल छोड्ने निर्णय जानकारी गराएका छन् ।

स्पेनबाट खेल्दा र विश्वकपसँगै युरोकप जित्दाको समय निकै सुन्दर रहेको भन्दै पिकेले भनेका छन्, अब म बार्सिलोनामा केन्द्रित हुन चाहन्छु ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.