Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

काबुलकाे ट्युसन सेन्टरमा आत्मघाती विस्फोट, ४८ जना मृत्यु ६७ जना घाइते

User Photo
बिहिबार, साउन ३१, २०७५

काठमाडौं । अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो ।

अफगानी प्रहरीले सिया मुस्लिमकाे बाहुल्य रहेको काबुलकाे ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ ।

विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरीहरु छन् । उनीहरु विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेका थिए ।

दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

त्यसैगरी, पूर्वी बागलन प्रान्तमा भएको अर्को छुट्टै आक्रमणमा कम्तीमा ४४ जना सुरक्षाकर्मीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले ९ प्रहरी र ३५ सेना मारिएको उल्लेख गरेको छ ।

अफगानिस्तानको सिया समुदाय पटकपटक सुन्नी मुस्लिमहरुको आतंकवादी समूह स्लामिक स्टेटको निशानामा पर्दै आएका छन् । सिया समुदायले स्वधर्म नष्ट गरेको आक्राेशमा उनीहरूले कैयनकाे ज्यान लिइसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.