Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

रोनाल्डोले रियल मड्रिड छाड्दा आश्चर्यमा परेँः मेस्सी

User Photo
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छाड्दा आफू आश्चर्यमा परेको लिओनल मेस्सीले बताएका छन् । यसले मड्रिड केही कमजोर हुने उनको विश्लेषण छ ।

तर, रोनाल्डो रियल मड्रिड छाडेर युभेन्टस गएपछि ला लिगामा मेस्सी भर्सेस रोनाल्डोको अन्त्य भएको छ । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज रोनाल्डोबीच पछिल्लो एक दशक निकै प्रतिस्पर्धा रहृयो । एकअर्काका प्रतिद्वन्द्वीका रुपमा रहेका उनीहरुमध्ये को उत्कृष्ट भन्ने बहस अझै जारी छ ।

‘रियल मड्रिड उत्कृष्ट टिम हो, उनीहरुसँग राम्रा टिम छ’ मेस्सीले क्याटलान रेडियोसँग कुरा गर्दै भनेका छन्, ‘तर, रोनाल्डोले छाड्दा टिम कम बलियो हुनेछ ।’

‘यसले युभेन्टसलाई च्याम्पियन्स लिगको उपाधि दावेदार बनाउँछ । उनीहरुसँग पहिल्यै राम्रो टिम थियो अब रोनाल्डो थपिएका छन् । तर, यो निर्णयले म आश्चर्यमा परेको छु । मैले न उनले रियल मड्रिड छाड्छन् भन्ने सोचेको थिए, न युभेन्टस जान्छन् भन्ने । तर, यो राम्रो टिम हो ।’

मेस्सीले यो सिजन बार्सिलोनाले च्याम्पियन्स लिगमा आफ्नो प्रदर्शन सुधार्न चाहेको बताएका छन् । ‘यो जरुरी छ किनभने तीन सिजन हामी क्वार्टरफाइनलबाटै बाहिरियौं र गत सिजन निकै खराब रहृयो,’ उनले भने ।

बार्सिलोना राम्रो टिम रहेको भन्दै उनले च्याम्पियन्स लिग जित्न सम्भव रहेको बताएका छन् । ‘ग्वार्डिओला युग, चेल्सीका कारण अर्को वर्ष च्याम्पियन्स लिग हाम्रालागि झन् कठिन हुनेछ,’ बार्सिलोनाका कप्तान मेस्सीले भने, ‘हरेक वर्ष दुई म्यानचेष्टर, चेल्सी, मड्रिड, हामी, पीएसजी र थुप्रै इटालियन क्लबहरुबीच धेरै पैसा खर्च गरेर खेलाडीहरुलाई भित्र्याउन प्रतिस्पर्धा बढ्नेछ ।’

उनले आफ्नो टिम हार्दा शीर उठाउन गाह्रो हुने गरेको सुनाए । उनले भने, ‘ड्रेसिङ रुमले सधैं थप गरोस् भन्न चाहन्छ । तर, मलाई कुराकानी गर्न धेरै दिन पर्खनुपर्छ । थिएगो (छोरा) ले बुझ्छ र कुनै पनि हारपछि हामीसँग त्यसबारे कुरा गर्दैन । उनलाई यसबारे कुरा गर्न हुन्न भन्ने थाहा छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.