Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

अमेरिकाले जन्माएको एउटा आतंकवादी, जो अमेरिकाकै लागि चूनौति बन्यो

User Photo शुक्रबार, भदौ २२, २०७५

आतंकवादी समुह हक्कानी नेटवर्कका संस्थापक जलालुद्धीन हक्कानीको हालै मृत्यु भएको छ । लामो समयदेखि बिरामी रहेका उनको मृत्यु भएको अफगान तालिवानले जनाएको छ ।
पाकिस्तानसँग जोडिएको अफगानिस्तानको सुन्दर पहाडी प्रान्त पक्तिया रहेको छ । साना साना उपत्यकाले घेरिएको यो क्षेत्रमा अधिकांश पश्तुनको बसोबास रहेको छ । चिसो समयमा हिउँले ढाक्ने यो क्षेत्र पछिल्लो समय यसको सुन्दरताले भन्दा पनि विश्व चर्चित चरममन्थि संगठन जलालुद्धीन हक्कानीका कारणले बढी चर्चित छ । जसको जन्य यहीँ भएको थियो ।

हक्कानी कुनै बुला अमेरिका र उसका सहयोगी मुलुकका लागि हिरो नै थिए । तर पछि उनी अमेरिकाका लागि चुनौति मात्र नभएर आँखाको तारो नै बने । १९९७ मा जव सोभियत संघले अफगानिस्तानमा हमला गरेको थियो, हक्कानी सोभियत सेनाका लागि निकै चूनौति बनेका थिए । अमेरिकाको गुप्तचर निकाय सीआइए त्यतिबेला निकै खुशी हुँदै पाकिस्तानी सेनाको माध्यमबाट हक्कानी र उनी जस्तै मुजाहिद्दिनहरुलाई आर्थिक र सामरिक मद्दत गरेको थियो । पाकिस्तानमा रहेको वरिष्ठ पत्रकार सबाहत जकारिया भन्छन्, सीआइएका लागि हक्कानीले निकै ठूलो महत्व राख्थे । सोभियत आक्रमणका बेला हक्कानी चर्चित मुजाहिद्दिन नेता थिए ।

त्यतिबेला उनको छुट्टै पहिचान थियो । सीआइए र आइएसआईको मद्दतबाट हक्कानी नेटवर्क अफगानिस्तानमा अनुभवी र दक्ष लडाकुको एउटा समुह बनेको थियो । तर १९९० को दशकको सुरुआतमा जब सोभियत संघ विघटन भयो र अफगानिस्तानमा तालिवानको उद्य भयो अमेरिका र उसका सहयोगीले हक्कानीसँग दुरु बनाउन सुरु गरे । तर पनि हक्कानीको प्रभाव भने निरन्तर रहिरहयो । हक्कानीसँग कैयौँ पटक भेटेका पत्रकार अहमद राशिद भन्छन्, हक्कानीले आर्थिक स्रोत जुटाउन अरु माध्यम पनि अवलम्बन गरे ।

सोभियत संघको हमलाका बेला उनी अमेरिकी राष्ट्रपति रोनल्ड रीगन र सीआइएका विशेष मानिस थिए । उनी आफ्नो समुहमा पनि लोकप्रिय थिए । पछि उनले धेरै पैसा कमाए । लागु औषधको कारोबार गरे । यसैको माध्यमबाट उनले आपना गतिविधिका लागि पैसा जुटाए । उनले पाकिस्तानी गुप्तचर एजेन्सी र पाकिस्तानी सेनाको पनि नजिक रहेर काम गरिरहेका थिए ।
अफगानिस्तानमा जब एक तर्फ तालिबान र अर्काे तर्फ अलकायदा थियो त्यतिबेला पनि हक्कानी नेटवर्कको आफ्नो छुट्टै अस्तित्व थियो । उनी तालिबान सरकारको मन्त्री बने तर संगठनलाई भने अगल बनाइराखे । वरिष्ठ पत्रकार सबाहत जकारिया भन्छन, हक्कानी तालिबानको साथमा भएर पनि तालिबानसँग टाढा भइरहे । यसबाट उनलाई फाइदा थियो । त्यसैले उनले संगठनलाई विलय गराएनन् ।
सेप्टेम्बर ११, २००१ मा अमेरिकाको ट्वीन टावरमा भएको हमलामा अमेरिकाले अल कायदालाई जिम्मेवार ठान्यो । त्यसपछि अमेरिकाले अल कायदा विरुद्ध अफगानिस्तानमा अभियान चलायो ।

त्यसबेला हक्कानी तालिबानका शीर्ष नेताका रुपमा अन्तिम पटक पाकिस्तानको आधिकारीक यात्रामा आए । तर उनी इस्लामाबादबाट बेपत्ता भए । केही महिना पछि उनी वजीरिस्तानमा देखा परे । यहीँबाट उनले केही समय पहिलेसम्म आफ्नो सहयोगीका रुपमा रहेको अमेरिकाका विरुद्ध लडाइ घोषणा गरे । त्यतिबेला अमेरिकाले अफगानिस्तानमा हमला गरिरहेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.