Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

पेट्रोलको मूल्य र महंगी बढेको भन्दै मोदी सरकार विरुद्ध भारतमा प्रदर्शन, भारत बन्द आह्वान

User Photo
सोमवार, भदौ २५, २०७५

 पेट्रोल–डिजेलको मूल्य बढेको विरोधमा प्रमुख प्रतिपक्षी भारतीय कांग्रेस आइसहितका दलले भारत बन्दको आह्न गरेका छन् । कांग्रेसले आयोजना गरेको बन्दमा २१ दलले समर्थन गरेका छन् ।

कयौं व्यापारिक तथा सामाजिक संगठनको समर्थन समेत भारत बन्दमा रहेको छ ।  भारत बन्दको प्रभाव देशभर परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहारको केही क्षेत्रमा भएको सरकार विरोधी प्रदर्शन हिंसात्म भएको छ । केही स्थानमा आगजनी भएको छ भने रेलहरुलाई पनि रोकिएको छ । गाडीहरु तोडफोड गरिएका तस्वीरहरु भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।

रामलीला मैदानमा विपक्षीहरुले धर्न दिएका छन् जसमा सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, राहुल गान्धी लगायत छन् । राहुल मानसरोवर यात्रा सकेर आन्दोलनको नेतृत्व गर्न स्वदेश पुगका छन् ।

मध्य प्रदेशको उज्जैनमा आन्दोलनकारीले पेट्रोल पम्पमाथि तोडफोड गरेका छन् भने केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । भारत बन्दका कारण धेरै स्थानमा स्कूल, बजार, उद्योगहरु बन्द भएका छन् ।

मोदी सरकारले पेट्रोल डिजेलको मूल्य बढाएको र महंगी वृद्धि भएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् । पछिल्लो केही हप्तामा डिजेल र पेट्रोलको भाउ लगातार बढीरहेको छ ।

देशको केही स्थानमा पेट्रोलको मूल्य  ९० भारतीय रुपैयाँ पुगेको छ । भारतमा ग्यासको मूल्य पनि बढेको छ ।

मोदी सरकारले भने डलरको भाउ महंगीको कारण तेलको मूल्यमा बृद्धि आएको बताउँदै आएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.