Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

अर्बपतिले छोरीका लागि १२ स्टाफ राख्ने, गरे विज्ञापन

User Photo
सोमवार, भदौ २५, २०७५

बेलायतमा एक भारतीय छात्रा मिडियामा छाएकी छन् । उनको भव्य एकेडेमिक रेकर्ड वा कुनै ठूलो पद भएर चर्चा भएको हैन । उनको विलासिताका कारण खबर बनेको हो ।

द सन पत्रिकामा छापिएको खबर अनुसार, एक भारतीय अर्बपतिकी छोरी स्कटल्यान्डको सेन्ट एन्ड्रुज विश्वविद्यालयमा पढिरहेकी छन् । छोरीको पढाइ अवधिभर मातापिताले १२ स्टाफको व्यवस्था गरेका छन् । ती स्टाफमा बटलर, शेफ, मेड, हाउकीपर, बगैंचे र कारचालक लगायत छन् ।

छोरीको चार वर्षको पढाइको अवधिभरिका लागि विशेषज्ञ स्टाफ राख्नका लागि विज्ञापन गरिएको छ । परिवार अत्यधिक धनी हुनाले अनुभवी र कुशल स्टाफ मात्र राख्दैछ । बटलरले मेन्यू हेर्ने अनि टोलीले खाना कसरी बनाउँदैछ
निगरानी गर्ने काम गर्छन् । फूटम्यानले खाना पस्किने र टेबल सफाइ गर्ने काम गर्छन् ।

विज्ञापनअनुसार, कामदार हँसमुख, ऊर्जाशील र आत्मविश्वासले भरिएको हुनुपर्छ ।

कुनै पनि भारतीय विद्यार्थीको पढाइका लागि यति खर्च बेलायतमा गरिएको यो पहिलो उदाहरण हो । पर्सनल स्टाफमा आवश्यकता पर्दा ढोका खोल्ने, अर्को स्टाफसँग मिलेर दिनदिनैको रूटिन बनाउने, लत्ताकपडाको व्यवस्थापन गर्ने र शपिङमा सघाउने मानिस पनि खोजिएको छ ।

आवश्यक परेको बेलामा ढोका खोल्ने स्टाफको तलब प्रतिवर्ष ३० हजार पाउन्ड राखिएको छ ।

छोरीको पढाइमा कुनै अवरोध नआओस् भनी अर्बपतिले कामदारमा यति धेरै खर्च गर्न चाहेको बुझिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.