Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

इरानको कडा आलोचना गरेका ट्रम्पले आफ्नो बचाउ गर्दा अरु हाँसे

User Photo बुधबार, अशोज १०, २०७५

संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सम्बोधनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको कडा आलोचना गरेका छन् । ट्रम्पले इरानले मध्य पूर्वभर अराजकता, हत्या र विनासको अवस्था सिर्जना गरेको आरोप लगाए ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधनको क्रममा ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्द गर्ने आफ्नो निर्णयको पनि बचाउ गरे ।

इरानले छिमेकी देश, उनीहरुका सीमा र सम्प्रभुताको सम्मान नगरेको ट्रम्पले आरोप लगाए । इरानी नेतृत्वले देशका स्रोत साधानको प्रयोग आफूलाई धनी बनाउन र पूरै मध्यपूर्वमा तनावको अवस्था सिर्जना गर्नका लागि प्रयोग गरिरहेको ट्रम्पले दाबी गरेका छन् ।

[youtube https://www.youtube.com/watch?v=4KIpnPapquY]

इरानमाथि कडा आलोचना गरेका ट्रम्पले आफ्नो प्रशासन र कामको प्रशंसा पनि गरे ।

अमेरिकाको इतिहासमा आफ्नो नेतृत्वमा यसअघिका भन्दा धेरै काम भएको उनले दाबी गरे । उनले यस्तो दाबी गर्दैगर्दा दर्शक दीर्घामा रहेकाहरु हाँसेका थिए ।

अरु हाँसेको देखेपछि ट्रम्प पनि हाँसेर आफूले यस्तो प्रतिक्रियाको अपेक्षा नगरेको बताए । उनले फेरि अमेरिका अहिलेको जस्तो बलियो, आर्धिक रुपले सबल वा सुरक्षित यसअघि कहिले पनि नरहेको दाबी गरे ।

ट्रम्पले सम्बोधनको क्रममा चीनप्रति कडा र उत्तर कोरियाप्रति तुलनात्क रुपमा नरम व्यवहार देखाए। ट्रम्पले अमेरिकालाई आफ्नो तरिकाले चल्न दिनका लागि आह्वान गरे ।

आफूले कुनै पनि देशलाई यसरी चल या यसो गर नभन्ने र अरुबाट पनि त्यसकै अपेक्षा रहेको ट्रम्पले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.