Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

बंगलादेश एसिया कपको फाइनलमा

User Photo
शुक्रबार, अशोज १२, २०७५

बंगलादेश एसिया कपको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरअन्तर्गतको अन्तिम खेलमा पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेशले फाइनलमा भातसँगको भेट पक्का गरेको हो ।

बुधबार राति भएको खेलमा बंगलादेशले दिएको २४० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे पनि पाकिस्तानले हार टार्न सकेन ।

इमान उल हकले सर्वाधिक ८३ रन जोडे । असिफ अली ३१ तथा सोएब मल्लिकले ३० रन बनाए । शाहिन शाह अफ्रिदीले १४ तथा सरफाज अहमदले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बंगलादेशका मुसफिजुर रहमानले ४ विकेट लिए भने हसन मिराजले २ विकेट लिए ।

यसअघि अबुधावीस्थित शेखजायद स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४८ ओभर ५ बलमा अल आउट हुँदै २३९ रन बनाउन सकेको थियो । उसका लागि मुसफिकर रहिम शतक बनाउनबाट १ रनले चुके । मोहम्मद मिथुनले ६० रन जोडे । ममुदुल्लाह २५ रनमा आउट भए । इमरुल कायेस ९, मेहन्दी हसन मिराज १२ र कप्तान मसरफी मुर्तजाले १३ रन बनाउन सके । जुनैद खानले ४ विकेट लिए । त्यस्तै, शाहिन शाह अफ्रिदी र हसन अलीले समान २ विकेट लिँदा सादव खानले १ विकेट लिएका थिए । बंगलादेशले अब उपाधिका लागि शुक्रबार भारतसँग फाइनल खेल खेल्नेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.