Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

सुनील शेट्टीका छोरा अहान शेट्टी बलिउडमा डेब्यू गर्दै

User Photo
बुधबार, अशोज १७, २०७५

बलिउड फिल्म उद्योगमा एक पछ अर्को गर्दै स्टार किडहरु डेब्यू गरिरहेका छन् ।

खबरहरुका अनुसार अभिनेता सुनील शेट्टीका छोरा अहान शेट्टी डेब्यूको तयारीमा रहेका छन् ।

फिल्म निर्माता साजिद नाडियडवाला दक्षिण भारतीय फिल्म ‘आर.एक्स. १००’को रिमेक बनाउने तयारीमा रहेका छन् । यस फिल्ममा अभिनेताको रुपमा उनी अहान शेट्टीलाई लिइरहेका छन् ।

यस अघि साजिदले अभिनेता ज्याकी श्रफका छोरा टाइगर श्रफलाई बलिउडमा डेब्यू गराएका थिए भने अब उनी सुनीलका छोराको करियर बनाउने तयारीमा लागेका छन् ।

अहान शेट्टी यतिबेला यस फिल्मका लागि तयारीमा जुटिसकेका छन् । उनी नृत्य सिकिरहेका छन् भने जीम समेत गरिरहेका छन् ।

अहान शेट्टीको यस फिल्ममा अभिनेत्री पनि नयाँ अनुहारलाई नै लिने खबर रहेको छ । यस फिल्मको निर्देशन मिलन लथुरियाले गर्नेछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.