Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

हवाई कारबाहीमा पाँच जना आतङ्ककारी मारिए

User Photo
बुधबार, अशोज १७, २०७५

अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान वायु बलमा आवद्ध सेनाको हवाई कारबाहीमा परी हक्कानी आतङ्ककारी समूहका पाँच सदस्य मारिएका छन् । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ ।

सो कारबाही पाक्टिका प्रान्तको गोमाल जिल्लामा भएको थियो । सो जिल्लाको दुर्गम इलाकामा आतङ्ककारीहरुको उपस्थिति रहेको भन्ने गुप्तचर निकायको सूचना प्राप्त भएपछि सो कारबाही भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पक्टिका प्रान्तको गोमाल जिल्ला पाकिस्तानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रमा यस हक्कानी नेटवर्कका क्रियाकलापहरु तिब्र हुदै गएको समाचारहरु आएका छन् ।

हक्कानी आतङ्ककारी सञ्जाल पनि तालिबान आतङ्ककारी समूहसँग नै आवद्ध रहेको छ । हक्कानी आतङ्ककारी सञ्जालले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.