Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

एथलेटिकोको जितमा ग्रिजम्यानको दुई गोल

User Photo
बिहिबार, अशोज १८, २०७५

च्याम्पियन्स लिग फुटबलमा जारी सिजन उत्कृष्ट प्रदर्शन जारी राख्ने क्रममा स्पेनिस क्लब एथलेटिको म्याड्रिडले लगातार दोस्रो जित निकालेको छ। तीनपटकको फाइनलिस्ट एथलेटिकोले समूह चरणमा लगातार दुई जित निकाल्ने क्रममा ब्रुगेसलाई पराजित गर्यो।

समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा एथ्लेटिको म्याड्रिडले ब्रुगेसलाई ३–१ ले हरायो। घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन एन्टोनी ग्रिजम्यानले दुई गोल गरे भने कोकेले एक गोल गरेका थिए। त्यस्तै ब्रुगेसका लागि ड्यान्जुमा ग्रोएनिभेल्डले एक गोल फर्काए ।

२८ औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाति अग्रता दिलाए। ३९ औँ मिनेटमा ग्रोएनिभेल्डले क्लब ब्रगका लागि गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरीमा सकियो। तर दोस्रो हाफमा एथ्लेटिकोले थप दुई गोल गर्यो। उसका लागि ६७ औँ मिनेटमा ग्रिजम्यानले गोल पुन टिमलाई अग्रता दिलाए।

टिमका लागि तेस्रो गोल इन्जुरी समयमा सम्भव भएको थियो। तेस्रो मिनेटमा कोकेले गोल गरेपछि घरेलु टिम ३–१ ले विजयी भयो। समूह ए अन्तर्गतकै अर्को खेलमा बोरुसिया डर्टमुण्डले मोनाकोलाई ३–० ले हरायो। मोनाको पहिलो खेलमा एथ्लेटिकोसँग पराजित भएको थियो। दुई खेलबाट समान ६ अंक जोडेका बोरुसिया र एथ्लेटिको समूहको पहिलो र दोस्रो स्थानमा छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.