Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

च्याम्पियन्स लिगको ८ हजारौँ गोल कसको ?

User Photo
बिहिबार, अशोज १८, २०७५

बुधबार राती च्याम्पियन्स लिगमा ८ हजारौँ गोलको कोशेढुंगा पार भयो ।

तर, केही समय कसले ८ हजारौँ गोल पार गर्यो भन्ने विषयमा अन्यौल कायम रह्यो ।

एन्टोनियो ग्रिजमान र एरिक लमेलाले केही सेकेन्डको अन्तरालमा गोल गरे ।

च्याम्पियन्स लिगको ट्वीटर अकाउन्टले ग्रिजमानको गोललाई ८ हजारौँ गोलको मान्यता दियो भने ओप्टाले लामेलालाई ।

खेलको समयअनुसार ग्रिजमानले ६७ औँ मिनेटमा गोल गरेका थिए भने लामेलाले ६६ औँ मिनेटमा ।

तर, वास्तविक समयअनुसार भने फ्रेन्च स्ट्राइकरको गोल लामेलाकोभन्दा अघि थियो ।

त्यही भएर अन्ततः आठ हजारौँ गोलको मान्यता ग्रिजमानले पाए ।

ग्रीजमानको दुई गोलको मद्दतले एथ्लेटिको म्याड्रिडले क्लब ब्रागलाई ३–१ हरायो ।

समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले मोनाकोलाई ३–० गोलले पराजित गर्यो ।

गोलअन्तरको आधारमा समूह एमा डर्टमण्ड शीर्ष स्थानमा रहेको छ भने एथ्लेटिको दोस्रो स्थानमा रहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.