Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

रद्दी ह्यान्डराइटिङ लेख्ने चिकित्सकलाई अदालतले गर्‍यो कारवाही

User Photo
बिहिबार, अशोज १८, २०७५

चिकित्सकहरूले झुर ह्यान्डराइटिङमा प्रेस्क्रिप्सन लेख्ने गरेको त नौलो कुरा हैन । तर भारतको उत्तर प्रदेशस्थित एक अदालतले त्यसलाई रेकर्डमा राखेको छ ।

अल्लाहबाद उच्च अदालतको लखनउ बेन्चले केही नबुझिने अक्षर लेख्ने तीन छुट्टाछुट्टै चिकित्सकविरुद्ध पाँच पाँच हजार भारु जरिवाना लगाएको छ ।

गत साता सुनुवाइका लागि आएका तीनवटा फौजदारी मुद्दामा सीतापुर, उन्नाव र गोन्डा जिल्ला अस्पतालले पीडितको घाउजाँच प्रतिवेदनमा बुझ्नै गाह्रो हुने अक्षर लेखेका थिए ।

बेन्चले यसलाई अदालती कारवाहीमा पुर्‍याएको अवरोधका रूपमा लिँदै तीनैजना चिकित्सकलाई समाह्वान गरेको थियो । न्यायाधीशद्वय अजय लाम्बा र सञ्जय हरकौलीको इजलासले चिकित्सकहरूको निन्दा गर्दै प्रत्येकले अदालतसमक्ष
पाँच हजार भारु जरिवाना तिर्न लगाएको थियो ।

चिकित्सकहरूले चाहिँ आफूहरूलाई कामको बोझ ज्यादा भएकाले नबुझिने अक्षर लेखेको जिकिर गरे ।

अदालतले गृहसचिव, स्वास्थ्यसचिव र स्वास्थ्य विभागका महानिर्देशकलाई भविष्यमा स्वास्थ्य प्रतिवेदन बनाउँदा सजिलो भाषा र बुझिने अक्षरमा लेख्न लेखाउन निर्देशन दिएको छ । यस्ता प्रतिवेदनहरू कम्प्युटर टाइप गरेर दिन पनि
अदालतले सुझाव दिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.