Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

भारत–रुसबीच ७ अर्ब डलरको सम्झौता हुने तयारी, के के हुँदैछन् सम्झौता ?

User Photo
शुक्रबार, अशोज १९, २०७५

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणको क्रममा छन् । शुक्रबार दोस्रो दिनको भ्रमणको क्रममा भारतसँग केही महत्वपूर्ण सम्झौता हुनसक्ने बताइएको छ ।

स्रोतले दिएको जानकारीअनुसार रुससँग भारतले ७ अर्ब डलरबराबरको सम्झौताको तयारी गरेको छ । जसमा निम्न सम्झौताहरु सामेल छन् –

एस–४०० मिसाइल सम्झौता

भारत र रुसको बीचमा हुन लागेको यो सबैभन्दा महत्वपूर्ण सम्झौता हो । यो सम्झौता ५ अर्ब २० करोड डलरको हुनेछ । एस–४०० मिसाइल सम्झौतामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पुटिनको भेटको क्रममा हस्ताक्षर हुनसक्ने बताइएको छ । यो प्रणाली सन् २०२० सम्म भारत आइपुग्ने अनुमान गरिएको छ । यसले भारतको सैन्य क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।

नेवीको लागि ४ वारसिप खरिद सम्झौता

शुक्रबार हुन लागेको सम्झौतामा भारतीय नेभीको लागि ४ वारसिप खरिदको सम्झौता एक महत्वपूर्ण हिस्सा बन्नसक्ने बताइएको छ । यो सम्झौता २ अर्ब २० करोड डलरको हुनसक्ने बताइएको छ । लामो समयदेखि भारतको नेभीलाई एडभान्स वारसिपको प्रतीक्षा रहेको छ ।

एके–१०३ रुसी राइफल खरिद सम्झौता

भातमा रुसी राइफल निर्माण गर्ने सम्बन्धमा पनि शुक्रबार महत्वपूर्ण सम्झौता हुनसक्ने बताइएको छ । जसमा भारतीय विभागको पनि साझेदारी हुने बताइएको छ । यो सम्झौतामा आधारित रहेर प्रविधिको साझेदारीलगायतका अन्य विषयहरुमा पनि सम्झौता हुनसक्ने बताइएको छ ।

पैसाको अभावमा रोकिँदैछन् केही सम्झौता

भारत र रुसको बीचमा हुने अनुमान गरिएका केही सम्झौताहरु रोकिने भएका छन् । जसमा एक अर्ब १० करोड डलरको मिडियम लिफ्ट सम्झौता पनि समावेश थियो । सन् २०१५ देखि लिएर दुई मुलुकहरुको बीचमा ४८ एमआई–१७ चापर्सको विषयमा पनि छलफल चल्दै आएको थियो । भारतलाई भुक्तानीमा भने केही समस्या आउनसक्ने बताइएको छ ।

अमेरिकाले लगाउनसक्ने प्रतिबन्धको कारण भारतको लागि सम्झौताको रकम भुक्तानीमा समस्या आउनसक्ने बताइएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.