Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

नोभेम्बर र डिसेम्बरमा भारतका पाँच राज्यमा चुनाव

User Photo
आइतवार, अशोज २१, २०७५

भारतको विभिन्न ५ राज्यमा नोभेम्बर तथा डिसेम्बर महिनामा विधानसभा निर्वाचन हुने भएको छ । भारतको निर्वाचन आयोगले छत्तीसगढ, मध्य प्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधानसभा निर्वाचनको मिति तय गरेको हो । जसमध्ये छत्तीसगढमा दुई चरणमा निर्वाचन हुनेछ भने अन्य राज्यहरुमा एकै चरणमा सो निर्वाचन हुन गइरहेको हो ।

भारतमा सन् २०१९ मा हुन गइरहेको निर्वाचनको लागि पनि उक्त राज्यहरुमा हुन गइरहेको निर्वाचन महत्वपूर्ण हुने बताइएको छ । यी राज्यहरुमा जित हासिल गर्नेको पक्षमा आगामी सरकार बन्नसक्ने धेरैको आँकलन रहेको छ । यो निर्वाचनमा विपक्षी पार्टी एक भएर जाने तयारीमा छन् । आगामी निर्वाचनमा गठबन्धन बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको कांग्रेस आईलेअन्य पार्टीहरुसँग सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको छ ।

अहिले विधानसधाको निर्वाचन हुन गइरहेको ३ राज्यमा भारतीय जनता पार्टी (बीजेपी)को सरकार रहेको छ । छत्तीसगढ, राजस्थान र मध्य प्रदेशमा रहेको बीजेपीको सरकार पुनः कायम हुने वा नहुने भन्ने कुराले आगामी निर्वाचनको भविष्य तय गर्नेछ । यसअघि बीजेपीको सरकार रहेको गोवामा कांग्रेस पहिलो पार्टी बनेको थियो भने मोदीकै गृहक्षेत्र गुजरातमा पनि विपक्षी पार्टीहरुसँग निकै कडा प्रतिस्पर्धा भएको थियो ।

अहिले निर्वाचन हुन गइरहेका राज्यहरुमा मध्यप्रदेशमा २३० सिटको लागि निर्वाचन हुन लागेको छ भने राजस्थानमा दुई सय सिटमा प्रतिस्पर्धा हुनेछ । छत्तिसगढमा ९० सिट, तेलगंनामा ११९ सिट र मिजोरममा ४० सिटको लागि प्रतिस्पर्धा हुन गइरहेको हो । उक्त पाँच राज्यका लागि भारतको निर्वाचन आचार संहिता लागू गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.