अमेरिकी राज्य न्यूयोर्कमा एक लिमोसिन कार दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेको लिमोसिन कारमा चालक सहित १८ युवाहरु पार्टीमा गइरहेका थिए। उनीहरु सबैको मृत्यु भएको छ। शनिबार भएको दुर्घटनापूर्व त्यस कारले दुई पैदल यात्रुलाई समेत ठक्कर दिएको थियो।
उनीहरुको समेत मृत्यु भएको जनाइएको छ। प्रत्यक्ष्यदर्शीका अनुसार त्यस लिमोसिन कार एक कारसँग ठोक्किएपछि अनियन्त्रित भइ दुई पैदल यात्रीलाई ठक्कर दिन पुगेको थियो।
त्यसपछि बाटो छेउमा पल्टिएको थियो। यद्यपी अहिलेसम्म कार दुर्घटनाको कारणभने खुल्न सकेको छैन्। मृतकहरुको अहिलेसम्म नाम खुलाइएको छैन्।
न्यूयोर्क टाइम्सका अनुसार मृत्यु हुनेमा एक नव–विवाहित जोडीपनि छन्। लिमोसिन त्यस्तो गाडी हो, जहाँ एकैपटक धेरै यात्रु अटाउँछन्।
