Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

अस्पतालमा गोली चल्यो, डाक्टरसहित ४ को मृत्यु

User Photo
मङ्लबार, मंसिर ४, २०७५

काठमाडौं । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र गनम्यान आफैं छन् ।

नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हानेको सिकागोका मेयर रहम इमानुयलले पुष्टि गरेका छन् ।

मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । तर गोली चलाउने व्यक्तिले ३ जनाको हत्यापछि आफैंलाई किन गोली हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अमेरिकाका लागि गोली चलाउने घटना टाउको दुखाइको विषय बन्दै गइरहेको छ । केही महिनाअघि मात्रै अमेरिकाको एक विद्यालयमा गोली चल्दा कैयनको ज्यान गएको थियो । त्यसपछि व्यक्तिगत हतियार राख्न पाउने नियममा पुनर्विचार गर्नुपर्नेबारे बहस चल्दै आएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.