Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

अमेरिकी हवाई हमलामा तालिवान कमाण्डरको मृत्यु

User Photo
सोमवार, मंसिर १७, २०७५

 अफगानिस्तानमा अमेरिकी हवाई हमलाबाट तालिवान लडाकुका एक प्रमुख कमान्डरको मृत्यु भएको छ ।

आक्रमणमा तालिवानका कमाण्डर अब्दुल मनानको मृत्यु भएको हो । तालिबानले मनान मारिएको पुष्टि गरेको छ । मिडिया रिपोर्टका अनुसार उनी दक्षिण हेलमन्ड प्रान्तको प्रमुख थिए । उनी हेलमन्ड प्रान्तमा तालिवानको प्रमुख शक्ति मानिन्थे ।

हेलमन्ड अफगानिस्तानको मादक पदार्थ तस्करीको प्रमुख केन्द्र मानिन्छ । तालिवान लडाकुहरुले मादक पदार्थको कारोबारमा कर असुल्ने गर्दछन् ।

मनानको मृत्यु तालिवान का लागि सन् २०१६ पछिकै ठूलो धक्का हो । २०१६ मा पाकिस्तानको पश्चिमी क्षेत्रमा एक अमेरिकी ड्रोन हमलामा संगठनका नेता अख्तर मन्सुर मारिएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.