Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

नेमार बार्सिलोना फर्केलान् त ? मेस्सीको यस्तो चाहना

User Photo
शुक्रबार, पुस १३, २०७५

 बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले आफ्ना पूर्व सहकर्मी नेमार बार्सिलोना फर्किएको हेर्न आफु आतुर रहेको बताएका छन् । अहिले क्रिसमस बिदामा रहेका मेस्सीले स्पेनिस पत्रिका ‘मार्सा’ सँग कुरा गर्दै नेमारको बार्सिलोना फर्किने सम्भावनाबारे खुलासा गरेका हुन् ।

दुईबर्षअघि किर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आवद्ध भएका नेमार पहिला मेस्सीको छायाँमा परेर बार्सिलोना छाडेको हल्ला थियो । अहिले नेमार पीएसजीमा खुशी नरहेको र बार्सिलोना फर्कन एजेन्ट मार्फत सल्लाह गरिरहेको खबर बाहिरिएका छन् ।

मेस्सीले पनि नेमारको बार्सिलोना फिर्ती सम्भव भएको बताएका छन् । ‘नेमार बार्सिलोना फर्कन सक्नेछन् । त्यो प्रक्रिया भने निकै कठिन छ,’ मेस्सीले भने । नेमारलाई फर्काउने विषयमा बार्सिलोनाका मिडफिल्डर आर्थर मेलोले पनि हालै खुलासा गरेका थिए । आर्थरले त नेमारलाई फर्काउन आफुले प्रार्थना गरेको समेत बताएका थिए ।

मेस्सीले नेमार बार्सिलोना आउन् भनेर सबैले चाहेको पनि बताए । ‘उनी फर्किउन् भन्ने त हामी सबै चाहन्छौं । यहाँको ड्रेसिङ रुम र लकरले पनि नेमारलाई सम्झिरहेको छ जस्तो लाग्छ,’ मेस्सीले भने । मेस्सीले नेमार र आफु मिल्ने साथी भएको र महत्वपूर्ण क्षण सँगै बिताएको पनि बताए । नेमार बार्सिलोना आउन सक्ने भएपनि पेरिसले उनलाई सजिलै छाड्नेमा मेस्सीलाई विश्वास छैन ।

मेस्सीले नेमार मात्र होइन आफु फेरी बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग पनि काम गर्न इच्छुक भएको बताए । ‘पेपलाई फर्किन कठिन हुन सक्छ । तर, मलाई उनीसँग काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ,’ मेस्सीले थपे ।

मेस्सीले खेलसँगै आफ्ना लागि परिवार सबैभन्दा महत्वपूर्ण भएकोले परिवारसँग खुशी साटिरहेको बताएका छन् । तीन छोराका बाबु मेस्सीले अझै आफु अर्को सन्तानको प्रतिक्षा रहेको खुलासा पनि गरेका छन् ।एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.