Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

विज्ञको भन्छन, चीनले अमेरिकालाई ध्वस्त बनाइदिन सक्छ

User Photo
मङ्लबार, पुस २४, २०७५

चीनसँग दक्षिण चीन समुद्रमाथि नियन्त्रण जमाउने क्षमता छ र बेइजिङले युद्धको तयारी गर्दा अमेरिका पछि हट्न बाध्य हुनुपर्नेछ ।

चीन र उसका छिमेकीहरू फिलिपिन्स, भिएतनाम, मलेसिया, ब्रुनाई र ताइवान दक्षिण चीन समुद्र कसले नियन्त्रण गर्ने हो भन्ने विषयमा दशकौंदेखि विवाद गरिरहेका छन् ।

शी चिनफिङको नेतृत्वमा रहेको चीन उक्त समुद्रको अधिकांश भागमाथि आफ्नो दाबी गर्छ तर चीनका छिमेकीहरू केही भाग चाहिँ आफूहरूको रहेको बताउँछन् । हालैका वर्षमा तनावहरू ह्वात्तै बढेका छन् जसले गर्दा यसमा अमेरिका पनि संलग्न भएको छ ।

सेन्टर फर स्ट्राटेजिक एन्ड बजेटरी असेस्मेन्ट्सका ब्रायन क्लार्क भन्छन्, ‘चीनसँग दक्षिण चीन समुद्रमा नियन्त्रण राख्ने क्षमता छ किनकि उसले उक्त क्षेत्रमा प्रभुत्व जमाइसकेको छ ।’

सन् २०१९ मा बेइजिङको मुख्य प्राथमिकता भनेको सैन्य तालिमलाई मजबूत बनाउनु अनि युद्धको तयारी गर्नु नै हो ।

सरकारले सञ्चालन गरेको सैन्य पत्रिका पीएलए डेली नयाँ वर्षको अवसरमा प्रकाशन गरेको एक सम्पादकीयमा लेख्यो, ‘हामीहरू सैन्य संघर्षका सबै दिशाका लागि राम्ररी तयार भएर बस्नुपर्छ अनि आपतकालीन अवस्थामा युद्धका लागि गइहाल्न सक्ने सैनिक क्षमतालाई व्यापक रूपमा बढाउनुपर्छ । यसले गर्दा हामी चुनौतीको सामना गर्न सक्छौं र कुनै परिस्थिति परेमा जित्न सक्छौं ।’

क्लार्कले थपे, ‘चीनसँग अहिले संसारको सबभन्दा विशाल जलसेना छ र उससँग ३०० भन्दा बढी जहाज छन् । तपाईं कुनै क्षेत्रमा समुद्रमाथि नियन्त्रण कायम राख्न चाहनुहुन्छ भने ठूलो जलसेना त्यसको महत्त्वपूर्ण अंग हो । चीनले जलसेनाको ध्यान नजिकैका समुद्रहरूमा दिन सकेको छ र उसका अमेरिका जस्ता प्रतिस्पर्धीहरू त्यो स्थितिमा छैनन् ।’

चीनले एसियामा आफ्नौ सैन्य बल प्रदर्शन गरिरहेको छ अनि विवादित दक्षिण चीन समुद्रमाथिको दाबीलाई बलियो बनाइरहेको छ ।

अमेरिकी युद्धपोतहरू उक्त क्षेत्रमा तैनाथ गरिएका छन् र उनीहरूलाई चिनियाँ विस्तारको निरीक्षण गर्ने जिम्मेवारी दिइएको छ ।

क्लार्क जलसेना कारवाहीका प्रमुखका विशेष सहायक रहिसकेका छन् र उनी कमान्डरहरूको कार्यसमूहका निर्देशक पनि थिए । उनले भने, ‘चीनसँग संसारको सबभन्दा ठूलो तटरक्षक छ । उससँग एक हजारभन्दा बढी जहाज छन् र तीमध्ये २०० जति उसले दक्षिण चीन समुद्रमा सञ्चालन गर्छ । हजारौं जहाजलाई पूर्वी र दक्षिणी समुद्रहरूमा चिनियाँ कारवाहीलाई सघाउनका लागि बनाइएको हो । अमेरिकासँग यो सब क्षमता उक्त क्षेत्रमा छैन । त्यसैले त्यहाँ चीनले अमेरिकालाई ध्वस्त बनाइदिन सक्छ ।’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्धमा ठूलो प्रगति भएको भनी दाबी गरिरहेको बेलामा क्लार्कको यो टिप्पणी आएको हो ।

डिसेम्बर २९ मा गरेको एक ट्वीटमा ट्रम्पले अमेरिका र चीनबीचको व्यापार असन्तुलनमा सुधार ल्याउनका लागि सम्झौताको काम अघि बढिरहेको बताएका थिए ।

ट्रम्पले चिनियाँ समकक्षी शी चिनफिङसँग कुराकानी गरेको अनि उनीसँग लामो र गजबको टेलिफोन वार्ता भएको बताए ।

तर चिनियाँ सञ्चारमाध्यमले यो टेलिफान कललाई खासै महत्त्व दिएका छैनन् ।

एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.