Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो

User Photo
शुक्रबार, माघ २५, २०७५

रियो डे जानेरो। ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५७ पुगेको बताइएको छ । अझै पनि उक्त दुर्घटनामा परी १८२ व्यक्ति वेपत्ता रहेका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो विवरण सार्वजनिक गरिएको छ ।

शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो । बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो सङ्ख्या १५७ पुगेको र १८२ वेपत्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

यस घटनामा फसेका करिब १९२ व्यक्तिलाई जिवीतै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताएका थिए । बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका करिब ३९ हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाँध भत्किएको यस इलाकामा करिब चार सय उद्धारकर्ता लगातार उद्धारकार्यमा लागिपरेका बताइएको छ ।

उद्धार प्रयास निरन्तर भइरहेको भए तापनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताएका छन् ।

यहाँको एक ठूलो बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो । त्यस बाढीले केहीलाई बगाएको र कतिपय डुबेर पुरिएका थिए । यस बाँधका कारण निकै ठूलो संख्याका नागरिक प्रभावित भएका अधिकारीले जनाएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.