Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

भारत-पाकिस्तान तनाव बढेपछी नेपालमा कडा सुरक्षा निगरानी

User Photo
बुधबार, फाल्गुन १५, २०७५

काठमाडौं । भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सहित अन्य आन्तरिक विमानस्थल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

दुई देशबीच तनाव भएपछि नेपालको भूमी प्रयोग गरी कुनै अबाञ्छित गतिविधि नहोस् विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय सुरक्षा कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) देवबहादुर बोगटीले जानकारी दिए । ‘नेपाल हुँदै भारत र ओहोर–दोहोर गर्ने विमान र यात्रु माथि निगरानी बढाइएको छ, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम पनि भइरहेको छ’–उनले नेपाल समाचारपत्रसँग भने ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.