Naya Media
शुक्रबार, कार्तिक २८, २०८२
| | November 14, 2025
शुक्रबार, कार्तिक २८, २०८२

लिभरपुल र म्यानचेस्टर सिटी विजयी, टोट्टनहामलाई चेल्सीको नमिठो झट्का

User Photo
बिहिबार, फाल्गुन १६, २०७५

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति शिर्ष टोली लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् । टोट्टनहामलाई भने चेल्सीको नमिठो झट्का लागेको छ ।

घरेलु मैदानमा लिभरपुलले वाटफोर्डलाई ५–० गोलले हरायो । लिभरपुलको जितमा साडियो मानेले नवौँ र २० औँ तथा भर्जील भान डायिकले ७९ औँ र ८२ औँ मिनेटमा दुई दुई गोल गरेका थिए । डिभोक ओरिजीले ६६ औँ मिनेटमा एक गोल गरेका थिए ।

अर्को खेलमा सिटीले वेस्टहाम युनाईटेडलाई १–० गोलले हरायो । सिटीको कठिन जितमा सर्जियो एग्युरोले ५९औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

लन्डन क्लब चेल्सीले बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई २–० गोलले पराजित गरेको छ ।

चेल्सीले दबदबा जमाएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ५७ औँ मिनेटमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

८४औँ मिनेटमा टोट्टनहामका काइरान ट्रिपियरको ब्याकपास आत्मघाती गोलमा परिणत भएपछि चेल्सीले सहज जित हात पार्यो ।

बुधबार रातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो । युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । अर्को गोल आस्ले योङले गरेका थिए । क्रिस्टलका लागि जोयल वार्डले सान्त्वता गोल गरेका थिए ।

आर्सनलले बर्नमाउथलाई ५–१ गोलले हरायो । आर्सनलको जितमा मेसुट ओजिल चौथो मिनेटमै खाता खोलेका थिए । हेनरिक मखितार्यानले २७औँ, लौरेन्ट कोसिएल्नीले ४७औँ, पिर्रे इमेरि औबामेयाङले ५९औँ र एलेक्जेन्डर लाकाजेट्टीले ७८औँ मिनेटमा एक एक गोल थपे । बर्नमाउथका लेस मोउसेन्टले ३०औँ मिनेटमा सात्वना गोल फर्काएका थिए ।

बुधबारको खेलसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले २८ खेलबाट ६९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सिटीको समान खेलबाट ६८ अंक पुगेको छ । चेल्सीसँग हारेपनि टोट्टनहाम ६० अंक सहित तेस्रो स्थानमा यथावत छ । ५६ अंक बनाएको आर्सनल चौथो, ५५ अंक बनाएको युनाइटेड पाँचौं र ५३ अंक बनाएको चेल्सी छैटौं स्थानमा छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.