Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

पब्जी खेलिरहेका युवकले पानी भनेर एसिड पिए

User Photo
मङ्लबार, फाल्गुन २१, २०७५

पब्जीको लतले अहिले संसारभरका बालबालिका र किशोरकिशोरीलाई सताइरहेको छ । नेपालमा पनि यो भिडियो गेमका पारखीहरु धेरै छन् ।

पब्जी खेलिरहेका बेला ‘खेलाडीहरु’ अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो अवस्थामा छु भन्ने पनि होस हुन्न् ।

भारतमा अहिले एउटा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । मध्येप्रदेशस्थित भोपालका एक युवकले पब्जी खेलिरहेको सुरमा पानी सम्झेर एसिड पिइदिए । धन्न चाँडै अस्पताल पुर्‍याइएकाले उनको ज्यान जोगियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले उनी अझै खतरामुक्त भइसकेका छैनन् । २५ वर्षीय युवकको उपचारमा संलग्न डाक्टर मनन गोगियाले भने, ‘ऊ आँगनमा बसेर पब्जी खेलिरहेको रहेछ । खेलमा यसरी डुबेको रहेछ कि पानी भन्ठानेर एसिड पिएछ ।’

पिउनासाथ अत्यधिक जलन भएपछि उनलाई अस्पताल कुदाइएको थियो । डा. गोगियाका अनुसार एसिडले गर्दा उनको पेटमा अल्सर भएको छ र अन्य अंगहरुमा पनि असर गरेको छ । उनलाई अहिले नागपुरको अस्पतालमा रिफर गरिएको छ ।

डा. गोगियाका अनुसार ती युवकले अझै चेतेका भने छैनन् । उपचारकै क्रममा पनि उनी पब्जी खेलिरहेका थिए । डाक्टरहरुले सम्झाउँदा पनि उनी लतबाट बाहिर निस्किन सकेका छैनन् ।

यसैबीच तमिलनाडुपछि मध्यप्रदेशमा पनि पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । यसबाट विद्यार्थीहरुको पढाई प्रभावित भइरहेको र युवाहरु पनि बरालिएको बीजेपीका बिधायक यशपाल सिसोदिया बताउँछन् ।

उनले भने, ‘पब्जी खेल बच्चाहरुका लागि हिंस्रक छ । धेरै अभिभावकहरुबाट विभिन्न गुनासोहरु आइरहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.