Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

प्रेमीको पेटमा छुरा रोपिन्, अँगालो हाल्दै चुम्बन गर्दै नमर्न बिन्ती गरिन्

User Photo
बिहिबार, फाल्गुन ३०, २०७५

एक युवतीले प्रेमीलाई पेटमा छुरा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

मिरर डट को डट यूकेका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको थियो । झगडाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छुरा प्रहार गरिन् ।

प्रत्यक्षदर्शीले खिचेको भिडियोमा इरिक आफ्नो पेट समातेर बाटोमै घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ । जबकी उनकी प्रेमिका सोनिया अमेरानी नुजेन एगुइलाले उनलाई अँगालो हाल्छिन् र चुम्छिन् ।

उक्त भिडियोमा २२ वर्षे सोनियाले ‘उसले मलाई कुट्यो, मलाई मार्न खोज्यो’ भनेको सुन्न सकिन्छ ।उनले एकपटक चिच्याउँदै भनिन्, ‘मलाई माफ गर माया, प्लिज झुटो नबोल ।’

२९ वर्षे इरिकले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, उनले प्रेमिकाको आरोप अस्विकार गर्दै नजिकै उभिएकालाई सहयोग गर्न आग्रह गर्दै भने, ‘उसले मलाई मार्न चाहन्छे ।’

युवतीले झट्पट उत्तर दिन्छिन्, ‘म तिमीलाई कसरी मार्न सक्छु ? आखिर तिमीलाई माया गर्छु ।’

‘म तिमीलाई कहिले पनि यस्तो गर्न सक्दिनथेँ, तर सायद तिमीलाई थाहा नहोला, तिमीले ममाथि कस्तो व्यवहार गर्यौ ।’

ती युवकले उत्तर दिए, ‘भगवान साक्षी छन् ।’

स्थानीय मिडिया अनुसार पुलिसको कार घटनास्थलमा पुगेपनि पर्याप्त पेट्रोल नभएकाले पीडितलाई लैजान अस्विकार गरे ।

त्यसको एक घण्टापछि एम्बुलेन्स बोलाइयो । त्यसपछि उनलाई अस्पताल भर्ना गरियो ।

आपत्कालीन शल्यक्रियापश्चात् एरिक खतरामुक्त भएको बताइन्छ ।

उनकी प्रेमिकालाई पक्राउ गरिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.