Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

केसी र सरकारी वार्ता टोलीबीच अाज वार्ता हुँदै, डा. केसीका माग संबोधन गर्ने अनौपचारिक सहमति

User Photo
बुधबार, साउन ९, २०७५

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको छ ।

केसी र सरकारबीच सहजीकरण गरिरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहसहितको टोली र प्रधानमन्त्रीबीच केसीको मागको विषयमा अनौपचारिक सहमति भएको हो ।

बुधबार उक्त टोलीसँगको छलफलका क्रममा ओलीले चिकित्सा शिक्षाको विषयमा डा. केसी र आफ्नो समान मत भए पनि उनको मागमा राजनीति भइरहेको जिकिर गरे । उनले डा. केसीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुका साथै र मंगलबार डा. केसी पक्ष र सरकारबीचको वार्ताबारे जानकारी लिएका थिए ।

छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले डा. गोविन्द केसीको मागका विषयमा चरणवद्ध छलफलपछि करिब सहमति नजिक पुगेको बताए ।

यद्यपि सहमतिका विषय भने सार्वजनिक गरिएको छैन । ‘धेरै विषयमा सकारात्मक छ, पछि हट्ने अवस्था छैन । सहमति लगभग भएको छ । भत्काउने प्रयास भए पनि यो विषय टुंगोमा पुर्‍याउनुपर्छ भनेर प्रधानमन्त्री सकारात्मक रुपमा लाग्नुभएको छ ।’

नेम्वाङले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने तर डा. केसीको वार्ता टोलीले मंगलबार दिएको लिखित सुझावहरु समेट्ने बताएका छन् । अाज केसी र सरकारी वार्ता टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता हुँदैछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.