Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

बूढीगण्डकीले बाटो बगायो, डोरीमा झुण्डिएर भिर छिचोल्दै यात्रु

User Photo
आइतवार, भदौ ३१, २०७५

बूढीगण्डकी नदीले बाटो बगाउँदा उत्तरी गोरखा प्रवेश गर्ने नाका बन्द भएको छ । शनिबार राती बूढीगण्डकीले मनास्लु पर्यटन क्षेत्रको बाटो बगाइदिँदा यात्रु भीरमा झुण्डिएर वारपार गर्न बाध्य भएका धार्चे–१ का अध्यक्ष दिलिप गुरुङले जानकारी दिए ।

‘तातोपानी र हुलचुक दोभान भन्ने ठाउँको बीचको जंगलको बाटो बूढीगण्डकीले बगाइदियो’ गुरुङले भने, ‘बाटो नभएपछि मान्छेहरु भीरमा झुण्डिएर वारपार गरिरहेका छन् ।’  सामान ढुवानीको एक मात्र साधन खच्चड भने ठप्प भएको उनले बताए । ‘खोर्लाबेँसीको एकजना साहुको दुइटा खच्चड पनि पहिरोमा परेर बूढीगण्डकीले लग्यो ।’

चाडपर्व नजिकिँदै गर्दा बाटो बूढीगण्डकीले लगेपछि त्यस भन्दा माथिल्लो भेगका बासिन्दालाई समस्या हुने धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

‘यो पहिरोले गर्दा त्यहाँभन्दा माथिका चुमनुब्री गाउँपालिकाका १५०० भन्दा धेरै घरधुरीका बासिन्दा आवतजावत गर्न पनि सक्दैनन्’, गुरुङ भन्छन्, ‘चाडपर्व नजिकिदै छ । चामल लगायतका खाद्यान्न ओसार्न पनि पाउँदैनन् ।’

पर्यटनको सिजनलाई समेत असर गर्ने उनले बताए । ‘पर्यटक मनास्लु प्रवेश गर्ने मुख्य सिजन नै यही हो’, गुरुङले भने, ‘यो बाटोको अबस्था यही भइरह्यो भने, मनास्लु क्षेत्रमा पर्यटक आवतजावत गर्न सक्दैनन् । त्यस भेगका पर्यटन ब्यबसायीहरुलाई ठूलो संकट पर्नेछ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.