Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

ढुवानी रोकिएपछि बजारमा पेट्रोलियम पदार्थको अवाभ, काम नगरे सम्झौता रद्द गर्ने निगमकाे चेतावनी

User Photo
बिहिबार, अशोज ४, २०७५

नियमित ढुवानी रोकिएपछि बजारमा पेट्रोलियम पदार्थको अवाभ भएको छ । मुलुकी संहिता संशोधनको माग गर्दै देशभरका सवारी चालकहरू आन्दोलित भइरहेका बेला निगमसम्वद्ध ढुवानीकर्ता पनि पेट्रोलियम पदार्थ ढुवानी रोकेर आन्दोलनमा उत्रिए पछि अभाव सृजना भएको हो ।

असोज २ देखि आन्दोलित चालकहरूलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले ढुवानी ठप्प पारेका हुन् । निगमका अनुसार आन्दोलित चालकहरूले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा सहयोग नगर्ने लगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् ।

निगमले विज्ञप्ति जारी गर्दै सम्झौताअनुसार काम नगरे सम्झौता रद्द गर्ने चेतावनीसमेत दिएको छ ।

‘पेट्रोलियम पदार्थमा प्रतिकूल प्रभाव पार्ने गरी पीडीओ नलिने, आईओसीमा लोड लिन नजाने, डीपोमा लोड लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्ने लगायतका कार्यहरू गरेको पाइएमा सम्वद्ध सबै पक्षलाई निगमको विनियमावली बमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्द गर्नेसम्मको कडा कारवाही गरिने जानकारी गराइन्छ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि पनि निगमसँग सम्झौता गरेका ट्यांकर चालकहरूले तलब–भत्ता वृद्धि, सञ्चयकोष, टिप भत्ता लगायत माग राखेर आपूर्ति ठप्प पारेपछि निगमले चालकका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएको थियो ।

पेट्रोल डिजेलको अभाव सृजना भएसँगै पेट्रोलपम्पहरूमा उपभोक्ताको भीडभाड देखिएको छ । पम्पहरूमा उपभोक्ताको लामो लाइन छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि यातायात व्यसायीहरूले यातायातमा भाडा वृद्धिको माग समेत गरेका छन् ।

व्यवसायीले ढुवानी समेत रोकेपछि बजारमा अभाव सृजना हुँदा उपभोक्ता मारमा परेका हुन् ।

पटकपटक ढुवानी नरोक्न ढुवानीकर्ताहरूलाई आग्रह गरे पनि आलटाल गरिरहेको निगमले जनाएको छ । निगमका निर्देशक वीरेन्द्र गोइतले हिजोेदेखि पटकपटक ढुवानी नरोक्न आग्रह गरे पनि चालक र व्यवसायीले आरोपप्रत्यारोप गरिरहेको बताए ।

उनले भने, ‘हिजोदेखि हामीले कयौंपटक ढुवानी सुचारु गर्न आग्रह ग¥यौं, ढुवानीकर्ताले चालकहरूलाई कन्भिन्स गर्छौं भनेका छन्, तर मानेका छैनन् ।’

नेपाल आयल निगमले यसको विकल्प खोजिरहेको गोइतले बताए ।

निगमले असोज २ गतेदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ प्रतिलिटर मूल्य वृद्धि गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.