Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

महँगीको मारमा भूकम्पपीडित, सरकारले दिएको पैसाले घर बनाउनै मुस्किल

User Photo
बुधबार, अशोज १०, २०७५

निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले भूकम्पपीडित मारमा परेका छन् । निर्माण सामग्री महँगो, ढुवानीमा समस्या र भौगोलिक विकटताका कारण लमजुङका धेरै भूकम्प पीडितले घर बनाउन सकेका छैनन् ।

जिल्लाका १३ हजार ९ सय ५९ पहिचान भएका लाभग्राहीमध्ये १३ हजार ३ सय ४ घरपरिवारले  अनुदान सम्झौता गरि प्रथम किस्ताको ५० हजार प्राप्त गरिसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङको तथ्यांकअनुसार भाद्रमसान्त सम्म ४ सय ४ जनाले मात्र आवास पुनर्निर्माण सम्पन्न गरेका छन । उनीहरुले सरकारले प्रदान गर्ने अन्तिम किस्ता बराबरको १ लाख रकम समेत लगिसकेका छन् ।

बेसीशहर नगरपालिकामा १ सय ५१ घर, मस्र्याङ्दी गाउँपालिकामा १ सय १८ घर, दुधपोखरी गाउपालिकामा ५९ घर, मध्यनेपाल नगरपालिकामा ४५ घर, क्व्होलासोंथर गाउँपालिकामा २२ घर, दोर्दी गाउँपालिकामा ८ घर, राइनास नगरपालिकामा १ घर निमार्ण सम्पन्न पश्चातको तेस्रो किस्ता वितरण गरिएको छ भने सुन्दरबजार नगरपालिकामा तेस्रो किस्ता वितरणको कार्य सुरुवात नभएको जिल्ला आयोजना कार्यान्वयन इकाईका फोकल पर्सन शिव रेग्मीले बताए ।

‘वर्षा छिटो सुरुवात भयो, इन्जिनियरबाट त्यति मात्रै घर पुनर्निर्माण सम्पन्न भएको रेकर्ड आयो’ रेग्मीले भने, ‘त्यही आधारमा तेस्रो किस्ताको रकम सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाइसकेका छौं ।’ किस्ता प्राप्तिको कागजी प्रक्रियामा ढिलाइ, निर्माण सामग्री महँगी र अधिकांश पीडितहरू खेती किसानीमा व्यस्त किसान भएकाले पनि घर पुनर्निर्माण ढिला भएको पाइएको छ । मुख्य कारण निर्माण सामग्रीको महँगाई र दक्ष कामदारको अभाव भएकाले घर निर्माणमा ढिलाइ  भएको भूकम्पपीडितको गुनासो छ ।

भौगोलिक अवस्थाको कठिनाई र प्राविधिक परिचालनमा ढिलाई भएकोले निर्माण हुँदै गरेका घरको चेकजाच र सिफारिसमा केही सुस्सता आएको गुनासो पछि प्राधिकरणले प्राविधिक थप गरेको बताउदै जिसस प्रमुख लोकराज पाण्डेले बताए ।

प्राविधिक परिचालन अगावै निमार्ण सम्पन्न घरहरुको किस्ता छिटो सिफारिस हुनुपर्नेमा आफुले जोड दिएको बताउँदै पाण्डेले भने – ‘जनता यसै त पीडित छन् , त्यसमाथि झन ऋणको बोझ नथपियोस् ।’
नेपाल सरकारले दिने भनेको ३ लाखवाट घर निर्माण सम्पन्न नहुने राइनास नगरपालिका २ का भूकम्पपीडित श्रीकृष्ण घिमिरेले बताए ।

पहिलो किस्ताको रकम आएपछि घर बनाउन सुरु गरे पनि निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ढिलाइ भएको उनको भनाइ छ । ‘दोस्रो किस्ताको पैसा आउन ढिलाई भयो’ उनले भने, ‘२ कोठे घर निर्माण सम्पन्न गर्न ७ लाख लाग्यो, ३ लाखमा सक्ने योजनामा योजनामा निर्माण थालेको घर महंगीले ७ लाखमा सम्पन्न गर्न पनि गाह्रो भयो’ उनले भने ।

लमजुङमा ४ हजार ६ सय २७ जना भूकम्पपीडितले भने आवास निर्माणको दोस्रो किस्ताको रकम पाइसकेका छन् । जोखिमयुक्त बस्तीमा रहेका तथा भूमिहिन लाभग्राहीहरुले अझै आवास निमार्णको प्राक्रिया थालनी गरेका छैनन भने प्रबलीकरण लाभग्राही सुचीमा परेका ५३९ मध्ये २९५ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम बुझेका छन् ।

जिल्लामा भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै जिल्लामा गुनासो दर्ता गर्नेको संख्या ६ हजार ८ सय ५५ रहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.