Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

पेट्रोलियम र ग्यासको विषयमा छलफल गर्न बुधवार बोलाईएको नेपाल–भारत संयुक्त कार्यदलको बैठक बिहीवार बस्ने

User Photo
बुधबार, अशोज १०, २०७५

पेट्रोलियम र ग्यासको विषयमा छलफल गर्न बुधवारका लागि तय गरिएको नेपाल–भारत संयुक्त कार्यदल (जेडब्लूजी)को बैठक स्थगित भएको छ । संयुक्त कार्यदलको बैठकमा नेपाल भारतबीच हुने पेट्रोलियम र ग्यास आयातको विषयमा छलफल गर्ने तय भएको थियो ।

बुधवार विहान भारतीय दूतावासले अचानक बैठक सरेको जानकारी गराएको हो । बैठक सर्नुको विषयमा जानकारी दिंदै नेपालस्थित भारतीय दूतावासका द्धित्तीय सचिव रोशन लोप्चाले बैठकमा सहभागि हुने केहि अधिकारीको अनुपस्थितिका बुधवारको बैठक स्थगित भएको बताए । उनले यो बैठक बिहीवार आयोजना हुने जानकारी दिएका छन् ।

लोप्चाका अनुसार बिहीवार भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान पनि नेपाल आउँदै छन् । उक्त बैठकमा मन्त्री प्रधानको समेत सहभागिता हुने छ । भारतीय मन्त्री नेपाल आउनु अगाडि बुधवार बस्ने संयुक्त बैठकमा नेपालमा भारतबाट हुने पेट्रोल तथा ग्यास आयातको विषयमा छलफल गरी नयाँ सहमति कायम गर्ने तयारी थियो ।

बिहीवार बस्ने बैठकमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भइरहेको पेट्रोलियम पाईपलाईन र ग्यासको आयातको विषयमा पनि छलफल हुने जानकारी दिईएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.