Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

होसियार, लुटिनु होला नि !

User Photo
बिहिबार, अशोज ११, २०७५

चाँडपर्व नजिकिँदै गर्दा तपाई किनमेलको हतारमा त हुनुहुन्न, हतार गरिरहनु भएको छ भने होसियार हुनुहोस् अपराध गर्नेहरू सक्रिय हुन थालेका छन् । विशेष गरी चाँडपर्वको समयमा किनमेलका लागि ‘नगद’ जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी, डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण ‘पिलर’ प्रमुख एवम् प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौँ उपत्यकामा अन्य समयको भन्दा चाँडपर्वका बेला बढी यस्ता अपराध हुने गरेको बताउँछन् ।

‘यतिबेला प्रायः सबैले पकेट र घरमा सरसामान खरिद गर्न नगद जम्मा गरेको हुन्छ, बैङ्कको लकरमा राखेको गरगहना समेत झिकेर प्रयोग गर्ने गर्छन्’ उनले भने–‘यही मौकामा अपराधीहरू योजनावद्ध ढङ्गले चोरी र लुटपाट गर्छन् ।’

चोरी, लुटपाट, डकैती र पकेटमारीका अपराध हुनुको मुख्य कमीकमजोरी स्वयम् पीडित ब्यक्तिभित्र नै हुने गरेको भनाइ प्रहरीको छ । घर कोठाको झ्यालढोका बन्द गर्नेदेखि यातायातको साधन प्रयोग गर्दा समेत ध्यान दिइएको हुँदैन ।

प्रमुख खड्का भन्छन् ,‘यस्तो बेला सबैमा हतार बढी हुन्छ, घर कोठा बन्द गरेर निस्कदा पनि छरछिमेकलाई खवर गर्ने, बाक्लो भीडभाड भएका बजारमा हिँड्दा नगद तथा गहनाको सुरक्षा र यातायातका साधन चढ्दा तथा ओर्लदा आफ्नो सामानको आफै सुरक्षा गर्ने जस्ता सामान्य सचेतना अपनाइँदैन ।’

अपराध महाशाखाका अनुसार, यो पछिल्लो समयमा दिउँसो साढे तीनदेखि साढे चारबजेको समयमा चोरी बढेको छ । यो वेला घरकोठामा भएका आफन्त छोराछोरी लिन स्कुल जाने र झ्यालढोका राम्रोसँग नथुन्ने भएकाले उक्त समयमा चोरी बढेको भनाइ प्रहरीको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.