Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

वार्षिक ३५ हजार क्यान्सरका नयाँ रोगी

User Photo
बिहिबार, अशोज ११, २०७५

नसर्ने रोग भए पनि नेपालमा वार्षिक ३५ हजार क्यान्सरका नयाँ रोगी थपिने गरेका छन्। नेपालीको खानपान र जीवनशैलीको आँकलनका आधारमा गरिएको अनुमानअनुसार हरेक वर्ष क्यान्सरका नयाँ रोगी भेटिने गरेका हुन्।

नेपालमा क्यान्सर रोगको शंका गरेर परीक्षण गराएका एक लाख बिरामीमध्ये एक सयदेखि एक सय २० जनामा क्यान्सर रोग देखिने गरेको छ। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गत वर्ष चार हजार नौ सय ७५ जना क्यान्सरका नयाँ बिरामी फेला परेका थिए। त्यस्तै अस्पतालले समुदाय स्तरमा चार हजार एक सय ६० जनामा गरिएको परीक्षणमा २८ जनामा स्तरको क्यान्सर पहिचान भएको थियो।

यसले नेपालमा क्यान्सर रोगको अवस्था भयावह भएको चिकित्सक बताउँछन्। समयमा परीक्षण नहँुदा रोगको संक्रमण बढेर उपचारमा जटिलता हुने उनको भनाइ छ। ‘बेलैमा परीक्षण नहुँदा उपचारमा समस्या आएर बिरामीले दुःख पाएर अल्पायुमै ज्यान गुमाउनु परेको छ’, अस्पतालका निवर्तमान अध्यक्ष एवं क्यासर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेले बताए, ‘क्यान्सर रोगले मानसिक र आर्थिक समस्या गराएर मानसिक पीडासमेत दिन्छ।’

सुरुमा परीक्षण गर्न कम पैसा लाग्ने भए पनि अधिकांश नागरिक रोगले ग्रस्त भएपछि मात्रै अस्पताल पुग्ने गरेका छन्। क्यान्सरका बिरामी वर्षेनी बढ्ने क्रम रोक्न क्यान्सर सचेतनाको पक्षलाई क्यान्सर रोकथामका लागि उपयुक्त माध्यम मानिएको छ। खानपीन र शारीरिक व्यायामका कारण १० देखि ७० प्रतिशतलाई क्यान्सर राग्ने गरेको छ।

चुरोट, सूर्तिजन्य पदार्थ, मादकपदार्थलाई क्यान्सरको मुख्य कारक मानिएको छ। अध्ययन अनुसार नेपालमा ६० हजारभन्दा बढी क्यासर रोगी भएको अनुमान छ। अस्पतालको सन् २०१७ को तथ्यांक अनुसार सबैभन्दा धेरै फोक्सोको क्यान्सरका नयाँ बिरामी पहिचान भएका छन्।

पाँच सय ७४ जना फोक्सो, पाँच सय ४४ जना पाठेघरको मुखको क्यान्सर, चार सय ९६ जना स्तन क्यान्सरका बिरामी गत वर्ष उपचारका लागि उक्त अस्पताल आएका थिए। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०१८ मा मात्रै विश्वमा ९६ लाखले क्यान्सर रोगका कारण ज्यान गुमाएका छन्। समय समयमा क्यान्सरको परीक्षण गर्न चिकित्सकले सुझाएका छन्।

अहिले पनि क्यान्सरको उपचारमा १० देखि १५ प्रतिशतमात्रै अस्पतालको पहुँचमा छन्। अस्पतालको पहुँच कम र बुझाइको अभावमा समुदायमा रहेका बाँकी ८५ प्रतिशत उपचारबाट टाढा छन्।

अस्पतालको विकासमा खुट्टा कमाउनु हुँदैन :  सभामुख महरा

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विकासमा खुट्टा नकमाइकन काम गर्न प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले सरकारसँग आग्रह गरेका छन्। पछिल्लो समय अस्पतालको विकासको मुल्यांकन गरेर आर्थिक तथा प्राविधिक रूपमै सक्षम बनाउनको लागि सरकारले खुट्टा कमाउन नहुने उनको भनाइ छ।

बुधबार १९औँ वार्षिकोत्सव तथा १४औँ क्यान्सर सतर्कता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख महराले भने, ‘आर्थिक तथा प्राविधिक उपलब्धतामा सरकारले ढुक्क भएर काम गर्ने हो भने जनताको चाहना र आवश्यकताअनुसार प्रतिष्ठान या विश्वविद्यालयको रूपमा विकास गर्न सकिन्छ।’ सरकारले गरेका सबै गतिविधि संसदले हेर्ने हुँदा क्यान्सर अस्पतालको विषयमा संसदमा समेत बहसको विषय बन्दै आएको उनले बताए। ‘सबै दलका नेताहरूले क्यान्सर अस्पतालको विकासबारे आवाज उठाइरहनुभएको छ,’ उनले भने, ‘त्यसप्रति म पनि गहिराइमा पुगेको छु।’

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पनि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एसियाकै नमूना अस्पतालको रूपमा विकास गर्नुपर्ने बताए। ‘विभिन्न खालका बाधा व्यावधानको सामना गर्दै यहाँसम्म आइपुगेको अस्ताललाई अब एसियाकै नमूना बनाउनुपर्छ,’ उनले भने, ‘किनकि यो अस्पताल भनेको नेपालीको अस्पताल मात्रै होइन। यहाँ उपचार गर्न छिमेकी मुलुकबाट समेत बिरामी आउने गर्दछन्।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.