Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

राजधानीको माग गर्दै डोटी अनिश्चितकालीन बन्द

User Photo
शुक्रबार, अशोज १२, २०७५

प्रदेश ७ को राजधानीको माग गर्दै डोटीमा अनिश्चिकालीन बन्दको आह्वान गरिएको छ। साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा राजधानी बनाउन माग गर्दै संघर्ष समितिले अनिश्चिकालीन डोटी बन्दको आह्वान गरेको हो।

प्रदेश ७ को प्रदेशसभामा प्रदेशको केन्द्र र नामको प्रस्ताव पेश भएपछि डोटीमा आन्दोलन सुरु भएको हो। बुधबारदेखि घरघरमा कालो झण्डा गाडेर आन्दोन सुरु गरेको संघर्ष समितिले शुक्रबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ।

प्रदेशसभामा प्रदेश ७ को नाम ‘सुदूरपश्चिम प्रदेश’ र केन्द्र कैलालीको गोदावरी नगरपालिका –४ मा रहने एक मात्र प्रस्ताव संसदमा पेश गरेको छ।

छ सय वर्ष पुरानो इतिहास बोकेको केन्द्र भागमा रहेको डोटी जिल्लाबाट प्रादेशिक राजधानी खोसेको भन्दै यसभन्दा पहिला ६४ दिनसम्म आन्दोलन गरेका डोटीबासीले प्रदेशसभाको निर्णय हुँदै गर्दा आन्दोलन गर्ने भन्दै आन्दोलनको स्थगन गरेका थिए।

बन्दका कारण परीक्षार्थी प्रभावित 

डोटीमा भएको बन्दका कारण शिक्षक सेवा आयोगका परीक्षार्थी समस्यामा परेका छन्। देशभर सञ्चालनमा रहेको शिक्षक सेवा आयोगको परीक्षा अन्तर्गत अछाम र बाजुरा जिल्लाका  परीक्षार्थीको केन्द्रका रूपमा डोटीमा भइरहेको छ।

डोटीमा परीक्षा दिन आएका अछाम र बाजुराका परीक्षार्र्थी आवतजावत गर्नका लागि समस्या भएको छ। डोटीबाट डडेल्धुरा परीक्षा दिन आउने परीक्षार्थी पनि प्रभावित भएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.