Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

सन्तानलाई जस्तै उमेर ढल्केका बुवाआमालाई मायाको खाँचो

User Photo
सोमवार, अशोज १५, २०७५

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस सोमबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछछ । हरेक वर्ष अक्टोबर १ का दिन यो दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा यस वर्षको नारा ‘ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ’ भन्ने तय गरिएको छ । दिवसको अवसरमा महिला—बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा विभिन्न जनचेतना मुलक कार्यक्रमको गर्दैछन् ।

स्वास्थ्य सेवामा बढ्दो पहुँच, आर्थिक स्तरमा भएको प्रगति, खाद्यान्नको पर्ययाप्तता लगायतका कारण व्यक्तिको औषत आयु पछिल्ला वर्षमा बढ्दै गएको छ । यसले गर्दा देशमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको र उनीहरुका अधिकार तथा आवश्यकताहरु पनि बिस्तार हुँदै गएको छ ।

ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि लागु गरेको छ । तर सरकारको तर्फबाट यस्ता सकारात्मक काम भए पनि अझै धेरै काम हुन बाँकी रहेको ज्येष्ठ नागरिकहरुले बताउने गरेका छन् ।

विशेष गरी उमेर ढल्किँदै गएपछि बुवाआमाको स्याहार तथा रेखदेखमा सन्तानले चासो नदिने क्रम बढेको छ । यसले गर्दा ज्येष्ठ नागरिकमा विभिन्न किसिमका समस्या देखिने गरेका छन् । यस्तै धेरैमा बुढेसकालमा विभिन्न किसिमका मनोसामाजिक समस्याहरु पनि देखिने गरेकाले आफ्ना बुवाआमाको स्याहारमा ध्यान दिनुपर्ने मनोविमर्शकर्ताले बताउने गरेका छन् ।

बुवाआमाको सम्पत्तीमा सन्तानको अधिकार रहने भए पनि स्याहार भने नगर्ने क्रम बढेकाले सरकारले छोराछोरीको कमाइको निश्चित प्रतिशत बुवाआमाका लागि छुट्टयाउनै पर्ने कानुनी व्यवस्था गर्ने सम्बन्धी कानुनी व्यवस्था लागु गर्ने तयारी पनि भइरहेको छ । यसका लागि ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रकृया अघि बढेको सरकारले जनाएको छ ।

परिवार संस्थाको विकास र यसको मर्मलाई जीवितै राख्नका लागि सन्तानले उमेर ढल्केका बुवाआमाको स्याहारमा ख्याल गर्नु पर्ने र यसले नेपालीपनको रक्षा गर्ने समाजशास्त्रीले बताउने गरेका छन् ।

नेपालमा पछिल्लो पटक भएको जनगणना अनुसार (जनगणना २०६८) ज्येष्ठ नागरिकको संख्या कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख भन्दा धेरै रहेको छ । विश्वमा ६० वर्ष नाघेका मानिसको संख्या ७६ करोड भन्दा बढी रहेको अनुमान छ । पछिल्लो समय औषत आयु बढ्दै गएकाले सन् २०५० सम्ममा ज्येष्ठ नागरिकको संख्या विश्वमा दुई अर्ब पुग्ने आंकलन पनि गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.