Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

देशका अधिकांश भागमा वर्षा, दिनैभरी पानी पर्ने जाडाे अझै बढ्ने

User Photo
बुधबार, माघ ९, २०७५

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । काठमाडौंमा बुधबार ६ः३० बजेसम्म ५.५ मिलिलिटर पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ ।यो प्रणाली आज रातिसम्म कायम रहने मौसमविद्हरुको अनुमान छ । रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने मौसमविद् नगरकोटीले बताइन् ।

‘पश्चिमी वायुको प्रभाव देशको मध्य तथा पूर्व भागमा आज रातिसम्म वर्षा हुने देखिएको छ’, मौसमविद् नगरकोटीले अनलाइनखबरसँग भनिन्, ‘दिउँसो केही समय वर्षाको क्रम रोकिए पनि बेलुकीपखबाट यसले पुनः निरन्तरता पाउने सम्भावना छ ।’

देशका पश्चिम भागहरुमा भने भोलिसम्म यो प्रणालीको प्रभाव रहने उनको भनाइ छ । हिजोदेखि सुरु वर्षाले अझै केही दिन निरन्तरता पाउने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ । यो प्रणाली हटेलगत्तै पुनः पश्चिमी वायु नै विकसित हुने र त्यसले पानी पार्ने मौसमविद् नगरकोटीको भनाइ छ ।

पूर्वी भागमा बुधबार बिहान पानी परेको छैन । तर दिउँसोदेखि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम विज्ञान विभागले दोलखा जिल्ला भन्दा पूर्वतर्फको भागले पूर्वी भाग भन्ने गर्दछ ।

पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो बढ्ने छ । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष शून्यसम्म पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए पनि शून्यभन्दा तल भने नझर्ने मौसमविदको अनुमान छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.