Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

एक महिनामा स्वाइन फ्लुका दुई सय १२ बिरामी, बिरामी हेर्न डराउँन थाले स्वास्थ्यकर्मी

User Photo
बिहिबार, माघ १०, २०७५

राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् ।

ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए ।

स्वाइन फ्लुका बिरामी हेर्न डराउँछन् स्वास्थ्यकर्मी

स्वाइन फ्लुबाट बच्ने सही प्रबन्ध नहुँदा स्वास्थ्यकर्मीहरू नै बिरामीको उपचार गर्न डराउन थालेका छन् । त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा स्वास्थ्यकर्मीलाई स्वाइन फ्लुविरुद्धको भ्याक्सिन (भ्याक्सिन ग्रिप) लगाइएको छैन, जब कि १० भन्दा बढी ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का बिरामी भर्ना भएका छन् । ‘एक बिरामी निकै सिरियस थिए, उनको रेखदेख बढी समय नर्सहरूले नै गर्नुपर्ने थियो,’ अस्पतालकी एक नर्सले भनिन्, ‘स्वास्थ्यकर्मीको दबाबपछि उनलाई टेकु अस्पताल रेफर गरिएको छ ।’

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा आइसियू र इमर्जेन्सीमा काम गर्ने स्वास्थ्यकर्मीलाई भ्याक्सिन ग्रिप दिइए पनि स्वाइन फ्लुको संक्रमणबाट बच्न पर्याप्त नभएको चिकित्सकले बताएका छन् । ‘हामीले मन्त्रालयलाई स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा सचेत गराएका छौँ । स्वास्थ्यकर्मीलाई काम गर भन्ने, तर रोकथामको उपाय नगर्ने परिपाटीले सेवा प्रवाहमा समस्या देखिन थालेको छ,’ अस्पतालका निर्देशक वासुदेव पाण्डेले भने । यो देशको एक मात्र सरकारी सरुवा रोग अस्पताल हो । स्वाइन फ्लुबाट भैपरि आउने समस्यालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र भ्याक्सिन भने तयारी अवस्थामा राखेको उनको भनाइ छ ।

ओम अस्पतालका धेरै बिरामीको नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । अस्पतालले उपचारमा आबद्ध सबै स्वास्थ्यकर्मीलाई इन्फ्लुएन्जाविरुद्धको भ्याक्सिन लगाएको छ । तर, स्वास्थ्यकर्मी त्रसित छन् ।

यस्ता व्यक्ति जोखिममा

चिकित्सकहरूका अनुसार दमलगायत स्वासप्रस्वासम्बन्धी समस्या भएकालाई स्वाइन फ्लु (मौसमी रुघाखोकी)को संक्रमण बढी हुन्छ । मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएका व्यक्ति पनि संक्रमणको उच्च जोखिममा पर्छन् । गर्भवती, वृद्धवृद्धा र ५ वर्षमुनिका बालबालिकामा स्वाइन फ्लुको संक्रमण छिटो हुने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

यो संक्रमणको खतरा अरूमा भन्दा बढी हुने गरेको छ । त्यसैगरी अंग प्रत्यारोपण गराएका, एचआइभीरएड्स वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएका, क्यान्सरको उपचार गराइरहेकाहरू स्वाइन फ्लुको उच्च जोखिममा हुन्छन् । बिरामीमा एक सय चार डिग्री वा त्योभन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.